
दियौ आज धोका गयौ रिक्त छोडी !
भए मित्र मेरा ब्यथा भोक जोडी !
तिमीलाई सम्झि पिएँ अश्रुधारा
कहाँ मिल्छ शान्ति यता प्रेम तोडी ।।
खुशी दूर भाग्छन् नजिकमा नपर्दै
सधैं घेर्छ दुःख कहाँ भाग्छ कोडी ।।
हिजोसम्म सारा नजिक पर्न खोज्थे
टाढै आज भाग्छन् यथा मार्ग मोडी ।।
म एक्लो उदाशी चढौँला चीतामा
खुशीले रमाई तिमी चढ्नू घोडी ।।
पथरीशनिश्चरे, मोरङ
