जगदिश मुसहरको खुट्टाको अपरेशनका लागि सहयोगको अपेक्षा - Pahilo Online

जगदिश मुसहरको खुट्टाको अपरेशनका लागि सहयोगको अपेक्षा

writer

पहिलो अनलाइन

जगदिश मुसहर
जगदिश मुसहर

मोरङ, कानेपोखरी – कानेपोखरी गाउँपालिका वडा नम्बर २ निवासी जगदिश मुसहरको खुट्टामा रहेको पुरानो घाउ गम्भीर रूपमा विग्रिएपछि अपरेशन गर्नुपर्ने अवस्था आएको छ । तर, आर्थिक अभाव र सरकारी स्वास्थ्य बीमा योजनाको पहुँच नहुँदा आवश्यक उपचार रोकिएको छ ।

स्थानीय अविनाश मण्डलका अनुसार, घाउ लामो समयदेखि बिग्रिँदै आएको थियो र अहिलेको अवस्थामा संक्रमण गहिरिँदै गएकाले चिकित्सकले तत्काल सर्जिकल उपचार आवश्यक रहेको बताएका छन् । हाल बिरामी विराटनगरस्थित कोशी अस्पतालमा भर्ना भएका छन् ।


पारिवारिक स्रोतका अनुसार, मुसहर समुदायको जीवनस्तर निकै न्यून रहेकोले जगदिश मुसहरले स्वास्थ्य बीमा योजना लिन पाएका थिएनन् । आर्थिक स्थिति कमजोर हुँदा नियमित उपचार गराउन नसकिएको र अवस्था बिग्रँदै गएपछि मात्रै अस्पताल जानुपरेको उल्लेख गरिएको छ ।

स्थानीय प्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरूको पहलमा कोशी अस्पताल प्रशासनसँग समन्वय गरी प्रारम्भिक अपरेशनको व्यवस्था मिलाइएको छ । तर, बिरामीको पूर्ण उपचारका लागि अझै थप आर्थिक सहयोगको आवश्यकता रहेको छ ।

जगदिश मुसहरका परिवारका सदस्यहरू र स्थानीय समाजसेवीहरूले सम्पूर्ण गाउँपालिकावासी, संघसंस्था, सामाजिक अभियन्ता, गैरसरकारी संस्था र सहयोगी मनहरूलाई आवश्यक सहयोगका लागि आग्रह गरेका छन् ।

बिरामीको अहिलेको अवस्था गम्भीर भए पनि समयमै अपरेशन तथा औषधोपचार भएमा निको हुने सम्भावना चिकित्सकहरूले देखाएका छन् । त्यसैले, मानविय आधारमा सहयोग गर्न सक्ने सबैलाई अपिल गरिएको छ ।

मा प्रकाशित

1 thought on “जगदिश मुसहरको खुट्टाको अपरेशनका लागि सहयोगको अपेक्षा

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles