ईश्वर दुलालको निर्देशन रहेको ‘राम साँईली’ सार्वजनिक - Pahilo Online

ईश्वर दुलालको निर्देशन रहेको ‘राम साँईली’ सार्वजनिक

writer

पहिलो अनलाइन

पथरी । लोकप्रिय गायक महेश बुढाथोकीको नयाँ म्युजिक भिडियो ‘राम साँईली’ सार्वजनिक भएको छ। मगर समुदायको हुर्रा भाकामा आधारित यस गीतलाई म्युजिक नेपालले सार्वजनिक गरेको हो।
बुढाथोकीका ‘काफल गेडी कुटुक्कै…’, ‘होस गर है सोल्टिनी…’, ‘हलो अड्काउँदै…’ जस्ता गीतहरू अत्यधिक चर्चित छन्। तिनै लोकप्रिय गीतहरूको सूचीमा उनले हुर्रा भाकाको ‘राम साँईली’ समेत थपेका छन्। गीतमा बुढाथोकीलाई गायिका बबिना भट्टराईले साथ दिएकी छन्।
यस गीतका शब्द तथा भाका संकलन स्वयं महेश बुढाथोकीले गरेका हुन् भने संगीत एरेन्ज अशोक राईले गरेका छन्।
‘राम साँईली’को भिडियोमा बादल श्रेष्ठ, निशा श्रेष्ठ, भीमल मगर, अर्जुन जम्नेली राई, मुरारी आचार्य, मोहन विक्रम दाहाल, मंजु मगर, कुमारी मगर, तारा मगर लगायत कलाकारहरूको अभिनय रहेको छ।
भिडियो निर्माणमा सुमन तामाङले छायांकन, अशोक मण्डलले श्रृङ्गार, हेमन्त तामाङले सम्पादन गरेका छन्। नृत्य कोरियोग्राफी पुजा तामाङले गरेकी छिन् भने निर्देशन ईश्वर दुलालको रहेको छ।
गत पुषको अन्तिममा छायांकन गरिएको यस गीतले मगर समुदायको मौलिकता झल्काउने अपेक्षा गरिएको छ। गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा दर्शक तथा श्रोताको राम्रो प्रतिक्रिया पाइरहेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles