ग्रामथान गाउँपालिकाले ल्यायाे ५६ कराेड ७६ लाखकाे बजेट - Pahilo Online

ग्रामथान गाउँपालिकाले ल्यायाे ५६ कराेड ७६ लाखकाे बजेट

writer

बाबुराम मुडियारी

ग्रामथान । मोरङको ग्रामथान गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ५६ करोड ७६ लाख १० हजार ९ सय ६१ रुपैयाँको बजेट ल्याएको छ।

गाउँपालिको १३ औँ गाउँ अधिवेशनमा उपाध्यक्ष गुनावती देवि थारुले आइतबार आगामी आर्थिक वर्षका लागि सो बराबरको बजेट प्रस्तुत गरेकी हुन्।

चालु तर्फ ३५ प्रतिशत अर्थात् १९ करोड ८६ लाख ६३ हजार ८३६ रुपैयाँ र पुजिगुत तर्फ ६५ प्रतिशत अर्थात् ३६ करोड ८९ लाख ४७ हजार १२५ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाको आम्दानी तर्फ सङ्घीय समानिकरण अनुदान ११ करोड ७०लाख, सङ्घीय सशर्त अनुदान ३० करोड नौ लाख रुपैयाँ , सङ्घीय विशेष अनुदान ६० लाख, सङ्घीय समपूरक अनुदान ८५ लाख, सङ्घीय राजस्व बाँडफाँड आयकर मु –अकर अन्त शुल्क ८ करोड ३९ लाख ९३ हजार, ८ सय, प्रदेश समानिकरण अनुदान ७३ लाख १४ हजार, प्रदेश सशर्त अनुदान ४१ लाख २५ हजार, प्रदेश सरकार समपूरक अनुदान ९७ लाख ४८ हजार, प्रदेश राजस्व बाँडफाँड ,सवारी साधन कर ४१ लाख ९१ हजार, घरजग्गा रजिस्ट्रेसन शुल्क ६० लाख, आन्तरिक श्रोत ६२ लाख ९१ हजार २४८ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

व्यय तर्फ पूर्वाधार विकासमा ११ करोड ३५ लाख, स्वास्थ्यमा ५० लाख, शिक्षामा १ करोड १४ लाख, पशुपंक्षिमा ५० लाख, कृषिमा ४० लाख, सहकारिमा २ लाख ५० हजार, सामाजिक विकासमा १० लाख रुपैयाँ बजेट बिनयोजन गरेको छ ।

सोही अवसरमा गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष जय प्रकाश गच्छदारले पूर्वाधार, शिक्षा, कृषि र स्वास्थ्य लाई प्राथमिकता राखेर नीति तथा कार्यक्रम ल्याएको उनले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles