पथरीशनिश्चरेमा दोस्रो पटक जग्गा धनीपुर्जा वितरण - Pahilo Online

पथरीशनिश्चरेमा दोस्रो पटक जग्गा धनीपुर्जा वितरण

writer

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकामा दोस्रो पटक सुकुम्बासीहरुलाई जग्गा धनीपुर्जा वितरण गरिएको छ ।
आज वडा नं. ८ मा राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङबाट प्राप्त भएको १० वटा जग्गा धनीपुर्जा प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापोले वितरण गर्नुभएको हो ।

धनीपुर्जा प्राप्त गर्नेहरुमा आसीराम लिम्बु, खड्गबहादुर भुजेल, राजकुमार चौधरी, चेतनाथ काफ्ले, कृष्ण कार्की, दिलकुमार मगर, गोपालबहादुर तामाङ, गोमादेवी भुजेल, लालीमाया भुजेल र रामबहादुर थापा रहनुभएको छ । नगर प्रमुख तुम्वापोले पुर्जा वितरणका यथार्थ कुराहरू वडावासीमा माझ प्रष्टाउनुभएको थियो ।


वडा नं. ८ को सभाहलमा भएको सो कार्यक्रम वडाअध्यक्ष नविन कार्कीको अध्यक्षतामा भएको थियो । वडाध्यक्ष कार्कीले भन्नुभयो–‘अब वडामा थप धनीपुर्जा छिट्टै नै वितरण गरिनेछ ।’ यस्तैगरी सो कार्यक्रममा वडा सदस्य बाबुराम चौधरी, शिवकुमारी विश्वकर्मा, झमक बहादुर लिम्बु, वडा स्तरीय भूमि सहजीकरण समितिका सदस्य टिकाराम खड्का लगायतको उपस्थिति रहेको थियो ।
यसभन्दा अघि वडा नं. ८ मा नै शुसिला घिमिरे नेतृत्वको राष्ट्रिय भूमी आयोग जिल्ला समिति मोरङले माघ महिनामा ११ जनलाई पुर्जा वितरण गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes