सुकुम्बासी संगठनको पथरीशनिश्चरे अध्यक्षमा हरिकुमार - Pahilo Online

सुकुम्बासी संगठनको पथरीशनिश्चरे अध्यक्षमा हरिकुमार

writer

पहिलो अनलाइन

पथरी । पथरीशनिश्चरे नगरमा माओवादी केन्द्र सम्बद्ध सुकुम्बासीहरुको भेलाले हरीकुमार शेर्मा लिम्बूको संयोजकत्वमा नयाँ समिति गठन गरेको छ ।

शनिबार नगर पार्टी कार्यालयमा सम्पन्न सुकुम्बासीहरुको भेलाले समितिको सदस्यहरुमा धमराज अघिकारी, मनोरथ भण्डरी, प्रेमबहादुर लिम्बू, तुलशादेवी दर्जी, समित तामाङ, टिकाराम सुवेदी, पूर्णबहादुर लिम्बू लगायत रहेका छन् ।
मोरङको पथरीशनिश्चरे नगरमा माओवादी केन्द्रलाई शसक्त बनाउने क्रममा पार्टी सम्बद्ध अखिल नेपाल सुकुम्बासी संघ पुनर्गठन भएको पार्टी नगर अध्यक्ष गोबिन्द कटुवालले बताए ।

नगर कार्यालयमा भएको भेलामा पार्टीको केन्द्रीय लेखा समितिको सदस्य लालबहादुर शुस्लिङ मगर, किराती राष्ट्रिय मुक्ति मोर्चाको महासचिव अर्जुन किराती, अखिल नेपाल सुकुम्बासी संघको मोरङ जिल्ला अध्यक्ष अमर बराइली, पार्टी नेता शिव तिम्सिना, पार्टी नगर अध्यक्ष गोबिन्द कटुवाल, सुकुम्बासी नेता जहरमान लिम्बू, मानबहादुर सिन्चुरी लगायतको उपस्थिति रहेको थियो ।
पथरीशनिश्चरे नगरमा कमजोर देखिएको माआवादी पुनः जागरणको अभियान चलिरहेको छ । यसै शीलशीलामा शनिबार पार्टी सम्बद्ध अखिल नेपाल सुकुम्बासी संघ पुनर्गठन भएको हो । केही दिन अघि शिक्षकहरुको भेलाले नयाँ समिति गठन गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes