भविष्यमा हुने स्वास्थ्यसम्बन्धी जोखिम न्युनीकरणका लागि गरिवलाई स्वास्थ्य वीमा - Pahilo Online

भविष्यमा हुने स्वास्थ्यसम्बन्धी जोखिम न्युनीकरणका लागि गरिवलाई स्वास्थ्य वीमा

writer

पहिलो अनलाइन

लेटाङ । लेटाङ ३ स्थित कमलपुर सामुदायिक वन उपभोक्ता समूहले आफ्ना विपन्न उपभोक्ता परिवारको स्वास्थ्य वीमा गरिदिएको छ । समूहले सोमबार एक कार्यक्रमको आयोजना गरी विपन्न वर्ग लक्षित स्वास्थ्य वीमा कार्यक्रमको उद्घाटन गरेको हो ।
आउँदो तीन वर्षसम्ममा समूहका सबै उपभोक्तालाई ‘स्वास्थ्य बीमा कार्यक्रम’ मा समेट्ने रणनीति अनुसार स्वास्थ्य वीमा कार्यक्रमलाई विस्तार गरिने कमलपुर सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ । जसमा उपभोक्ता क्षेत्रका ८० विपन्न परिवारका करिव ४ सयजना लाभान्वित हुने समूहका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए ।


विपन्नका लागि ‘स्वास्थ्य वीमा कार्यक्रम’ राम्रो भएको सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) केन्द्रीय सदस्य सिता श्रेष्ठले बताइन् । ‘विशेषतः यस कार्यक्रमले गरिब तथा आर्थिक रुपले विपन्नलाई सहयोग पुग्ने देखिन्छ’– कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी श्रेष्ठले भनिन् ‘यसबारे उपभोक्तालाई राम्ररी सचेत गरेर अगाडि बढ्न सके कार्यक्रमले सफलता पाउन सक्ने देखिन्छ ।’

कार्यक्रममा फेकोफन जिल्ला उपाध्यक्ष सुभद्रा भट्टराईले भविष्यमा स्वास्थ्यसम्बन्धी हुने जोखिम न्युनीकरणको लागि कमलपुरले ल्याएको स्वास्थ्य वीमा कार्यक्रम अन्य समूहका लागि अनुकरणीय भएको बताइन् । यसैगरी, नगर महासंघका अध्यक्ष आनन्द सागर तिम्सिनाले उपभोक्ताको आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न बिरामी पर्दा आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य वीमा कार्यक्रम ल्याएकोमा समूहलाई धन्यवाद दिए । अध्यक्ष तिम्सिनाले कमलपुर सामुदायिक वनले विपन्न मुखी काम गरेको भन्दै प्रसंसा समेत गरे । उनले यस्ता लोकप्रिय कार्यक्रमको प्रचार प्रसारका लागि सञ्चार माध्यमहरुसँग सहकार्य गर्नुपर्नेमा जोड दिए ।


कार्यक्रममा सव–डिभिजन वन कार्यालय लेटाङका प्रमुख सहायक वन अधिकृत सत्यनारायण झाले गरिबिको रेखा मुनि रहेका अति विपन्न परिवारका ब्यक्तिहरुलाई समेत स्वास्थ्य सेवाको पहुंचमा पु¥याउन कमलपुर सामुदायिक वनले प्रसंसा योग्य काम गरेको बताए । उनले भने, ‘यहाँका कैयन विपन्न उपभोक्ताले स्वास्थ्य बीमा गरेका छैनन् । जसका कारण औषधि उपचार गर्न निकै असहज बनिरहेको थियो । अब स्वास्थ्य बीमा कार्ड लिएर स्वास्थ्य सेवा लिनेछन् । उनीहरुलाई बर्षौ देखि लुकाएर राखेको रोगको जाँच तथा उपचार गर्न मद्दत मिल्नेछ ।’
वन समूहलेस्वास्थ्य बीमा गरिदिएपछि स्थानीय विपन्न उपभोक्ता निकै खुशी छन् ।


कार्यक्रम समूहका अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षतामा र सचिव गिता खतिवडाको सञ्चालनमा सम्पन्न भएको थियो ।
सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् ।
तर, कस्मेटिक सर्जरी, व्यक्तिगत झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउने छैनन् । यस्ता उपचारलाई बीमाले समेट्दैन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes