सभाखोला किनारमा पुरुषको शव फेला - Pahilo Online

सभाखोला किनारमा पुरुषको शव फेला

writer

संखुवासभाको सभापोखरी गाउँपालिका–१ धुपु नजिकै सभाखोलामा एक पुरुषको शव फेला परेको छ। सभापोखरी र पाँचखपन नगरपालिकाको सिमानाको सभाखोलामा करिब ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक कविन राईले जानकारी दिए।

सोमबार दिउँसो करिब १२ बजे शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शव तराई मुलका व्यक्तिको जस्तो देखिएको प्रहरी निरीक्षक राईले बताए। शवको पहिचान हुन सकेको छैन। शवलाई प्रहरीले जिल्ला अस्पताल संखुवासभामको शव गृहमा ल्याएर राखेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles