खोटाङको गाँउपालिमा मिनि–अक्सिजन प्लान्ट सञ्चालनमा - Pahilo Online

खोटाङको गाँउपालिमा मिनि–अक्सिजन प्लान्ट सञ्चालनमा

writer

कोरोना संक्रमण दर समुदायस्तरमा तीव्र रुपमा फैलिरहेको अवस्थामा खोटाङमा मिनि–अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको हो । खोटाङको ऐँसेलुखर्क गाउँपालिका केन्द्रस्थित प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्कमा मिनि–अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। ऐँसेलुखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाको पहल र राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा स्थापना भएको अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष निरौला र आविष्कार केन्द्रका प्रमुख महावीर पुनबीच सम्झौतापछि केन्द्रका ६ जना ईन्जिनियरले प्लान्ट जडान गरिदिएका थिए। प्लान्ट जडानमा केन्द्रले २० लाख खर्च गरेको छ। सातवटा अक्सिजन कन्सनट्रेटरबाट अक्सिजन उत्पादन हुने र उत्पादित अक्सिजनलाई पाईपलाईन हुँदै १३ वटा बेडमा पु¥याइएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रामकाजी नेपालले जानकारी दिए। उनका अनुसार पाइप लाईनबाट ६ वटा कोभिड बेडमा, ६ वटा आकस्मिक बेडमा र बर्थिङ सेन्टरमा एकवटा अक्सिजन पाइप जडान गरिएको छ। प्लन्टले प्रतिमिनेट ५ लिटरका दरले १३ बेडलाई एकै पटक अक्सिजन प्रवाह गर्न सक्ने छ ।

विद्युतको सहायतामा अक्सिजन कन्सनट्रेटरले अक्सिजन उत्पादन गर्ने र बिद्युत नहुँदा अक्सिजन उत्पादन नहुने हुंदा ब्याकअपका लागि ४७ लिटरको दुई वटा अक्सिजन सिलिण्डर १३ बेडका बिरामीहरूलाई दिन मिल्ने गरी राखिएको छ। (थाहखबर)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes