कानेपोखरी । कार्यक्रममा सहभागिलाई भत्ता दिने प्रचलनलाई निरुत्साहित गर्दै उपयोगि सामग्री दिएर प्रोत्साहन गर्न थालिएको छ । यस्तै कार्यक्रम कानेपोखरी गाउँपालिकामा भएको छ ।
शुक्रबार कानेपोखरी गाउँपालिका वडा नं. ४ को सहयोगमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रममा भुल्के मिडियाले भत्ताको सट्टा औषधी प्रदान गरेको हो ।
मोरङको कानेपोखरी –४, नं. वडा कार्यालयको आयोजनामा निःशुल्क एक दिने स्वस्थ्य शिविर तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार भएको शिविरमा सुगर(मधुमेह), प्रेसर(रक्तचाप) चेकजाँच तथा परामर्श, सर्पदशंबाट बच्ने उपायहरु र मनोविमर्ष परामर्श सम्बन्धी कार्यक्रम गरिएको हो । कार्यक्रममा वडाको ५९ जना विरामीले निःशुल्क सेवा लिएका थिए ।
सुगर(मधुमेह), पे्रसर(रक्तचाप) चेकजाँच तथा परामर्श फिजिसियन डा. राजेश सिंह, सर्पदशंबाट बच्ने उपायहरु सर्प विज्ञ प्रेम विष्ट र मनोविमर्ष परामर्श प्रतिमा गुरुङले सहजिकरण गरेका थिए । कार्यक्रम भुल्के मिडिया प्रालिको आयोजनामा भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष धनबहादुर राईले वडाको गतिविधिको बारेमा र गाउँपालिकाका स्वास्थ्य संयोजक रोहिन्द्र कुमार राजभण्डारीले स्थानीय स्वास्थ्य क्षेत्रको बारेमा मन्तव्य राखेका थिए ।
कार्यक्रम मोहन भट्टराईको सभापतीत्वमा भएको हो । अतिथिहरु वडासदस्य रोषन लामिछाने गुरुङ, शिव दुलाल, सावनी माझी र श्यामकुमारी विक, वयरवन स्वास्थ्य चौकी इन्चार्ज ओमप्रकास लिम्बु, समाज सेवी डम्बर कटुवाल लगाएत रहेका थिए ।




