बिहीबार नेकपाद्वारा आम हड्ताल तयारी - Pahilo Online

बिहीबार नेकपाद्वारा आम हड्ताल तयारी

writer

मोरङ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल निकट विद्यार्थी (अनेरास्ववियू) र राष्ट्रिय युवाले संयुक्त मसाल जुलुस निकालेको छ। बुधबार संयुक्त रूपमा मसाल जुलुस निकालिएको हो। विराटनगरस्थित संसारीमाइस्थान मन्दिरबाट सुरु भएको मसाल जुलुस महावीर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघका युवा नेता पारुल क्षत्रीले (भोलि) बिहीबार तोकिएको देशव्यापी आम हड्तालमा सरकारी गाडी आवतजावतमा पनि छुट नहुने चेतावनी दिएका छन। ‘भोलिको आम हड्ताल हाम्रो शान्तिपूर्ण हुनेछ,’ नेता क्षत्रीले भने, ’यदि हड्ताल अवज्ञा गर्दै सरकारी गाडी आवतजावत गरे हामी चाबी खोस्न पछि हट्दैनौं।’

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles