विदेशी दाताबाट र गाउँपालिकाको लागतमा महाकुलुङमा रक क्लाइम्बिङ सेन्टर निर्माण - Pahilo Online

विदेशी दाताबाट र गाउँपालिकाको लागतमा महाकुलुङमा रक क्लाइम्बिङ सेन्टर निर्माण

writer

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ रोयोलुङमामा रक क्लाइम्बिङ सेन्टर निर्माण गरिएको छ। रक क्लाइम्बिङ सेन्टर गत पुस २३ गते विज्ञसहितको टोलीले सम्भाव्यता अध्ययन गरेको थियो ।

गाउँपालिका अध्यक्ष सागर किरातीका अनुसार गत आइतबार निर्माण कार्य सम्पन्न भएको हो। अन्तर्राष्ट्रिय माउण्टेन गाइड तथा नेपाल पर्वतारोहण पथ प्रदर्शक संघका प्राविधिक प्रमुख तेण्डी शेर्पाको पहलमा विदेशी दाताबाट प्राप्त तीन लाख ६० हजार रुपैयाँको सामग्री र महाकुलुङ गाउँपालिकाको पाँच लाख रुपैयाँ लागतमा सेन्टर निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।

पर्यटन प्रवर्द्धन गर्न क्लाइम्बिङ सेन्टर निर्माण गरिएको अध्यक्ष किरातीले बताए। रक क्लाइम्बिङ तालिमका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ। सर्वोच्च शिखर सगरमाथासहितका दर्जनौ हिमाल भएको सोलुखुम्बुमा रक क्लाइम्बिङ सेन्टर स्थापना भएको यो पहिलो हो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles