कानेपोखरी । किराँत याक्थुम चुम्लुङ जापानले प्यारालाइसिस बिरामीलाई ३८ हजार ४ सय ६० रुपैयाँ आर्थिक सहयोग गरेको छ। कानेपोखरी गाउँपालिका वडा नम्बर ४ सुनिल मार्ग निवासी मुलुकसिंह लिम्बूलाई सो रकम बिहिवार हस्तान्तरण गरिएको हो। सो हस्तान्तरण कार्यक्रममा किराँत याक्थुङ मोरङ जिल्ला अध्यक्ष बिवेक लिम्बु,चुम्लुङ समुदायलाई स्थानीय स्तरमा स्थापित गराउने अभियान्ता ईन्द्र सुब्बा, किराँत याक्थुङ चुम्लुङ मोरङ जिल्ला कमिटी पुर्व सचिव जयराज संयोक,सामाजसेवीहरु भुपेन्द्र सुब्बा, सन्तोष फुयललगायत स्थानीयको उपस्थिति रहेको थियो।सो रकम इन्द्र सुब्बा र जयराज संयोकले बिरामी र उनका श्रीमती फुलमायालाई हस्तान्तरण गरेका थिए।
केही महिना अघिदेखि प्यारालाइसिसबाट ग्रसित भएका उनलाई यसअगाडी पनि १ लाख १६ हजार राष्ट्रिय युवा जागरण मञ्च प्रवास कमिटीका उपाध्यक्ष भिम लिम्बूको मुख्य पहल र स्थानिय स्तरमा समाजसेवीहरु मनोजकुमार राजवंशी,भुपेन्द्र सुब्बालगायतको विशेष सहयोगबाट संकलित रकम प्रदान गरिसकीएको छ। सो रकमले बिरामीलाई भारतको खरैया लगि उपचार गर्दा हाल स्वास्थ्य अवस्थामा सुधारोन्मुख रहेको छ।