
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे ९ स्थित जनचेतना सामुदायिक सिकाई केन्द्रको आयोजनामा सञ्चालित महिलाहरुका लागि ३ महिने निःशुल्क सिकाई कटाई तालिमको सोमबार एक कार्यक्रमकाबीच उद्घाटन् भएको छ ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले तालिम उद्घाटन्पछि बोल्दै महिलाहरु आत्मनिर्भर वन्नका लागि यसप्रकारका तालिमहरुको आवश्यकता भएको चर्चा गरीन् । कार्यक्रममा, ९ नम्वर वडा अन्तर्गत कार्यपालिका सदस्य निर्मला गदालले पनि वडामा महिलाहरु आत्मनिर्भर बन्ने कार्यमा वडा कार्यालयको सदैव सहयोग गर्ने बताइन् ।
नगरपालिका कार्यालयमार्फत संघीय सरकारको १ लाख रुपैयाँमा तालिम सञ्चालन गरिएको संस्थाका अध्यक्ष गोविन्द कटुवालले जानकारी दिए । तालिममा सो वडाका ३० जना सहभागिलाई समृता माझीले सहजिकरण गरेकी छन् । सो संस्थाले आफुलाई पुनःसक्रिय बनाउने क्रममा यसअघि नगरपालिका कार्यालयको सहयोगमा मनोसामाजिक परामर्श सम्वन्धी ५ दिने तालिम सञ्चालन गरेको थियो ।
