धरान उपमहानगरले ‘तीन पाने रक्सी’लाई ब्रान्डिङ गर्ने गरी नीति तथा कार्यक्रम - Pahilo Online

धरान उपमहानगरले ‘तीन पाने रक्सी’लाई ब्रान्डिङ गर्ने गरी नीति तथा कार्यक्रम

writer

धरान । जनजातिको सहर भनेर चिनिएको धरानमा अब तीन पाने रक्सीलाई ब्रान्डिङ गर्ने गरी आर्थिक वर्ष ०७७र७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । उपप्रमुख मञ्जु भण्डारी सुवेदीले बुधबार प्रस्तुत गरेको नीति तथा कार्यक्रमको १३० नम्बर बुँदामा उक्त कुरा समेटिएको छ ।

‘‘आदिवासी जनजातिहरूको पुस्तैनी कला र संस्कृतिको रूपमा रुपान्तरण हुँदै आएको ‘तीनपाने रक्सी’ लाई पहिचान र प्रवद्र्धन गर्न आवश्यक नीति निर्माण गरी व्यवसायीकरण गर्ने कार्यक्रम लागू गरिने छ । यसका लागि सरोकारवाला पक्षहरूसँग समन्वय गरी प्रशोधन र ब्राण्डिङ समेत गरिने छ ।’ यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान स्थापित गरेको धराने कालो बङ्गुरलाई व्यवसायीकरण गरी धरानको आर्थिक समृद्धिसँग जोडिने कार्यक्रम लागू गरिने पनि नीति तथा कार्यक्रममा समावेश छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles