काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङ्गमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा एक सय १० महिलासहित ६ सय २९ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको बताए ।
पछिल्लो २४ घण्टामा एक सय १४ जना कोरोना मुक्त भई अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । योसहित उपचारपछि निको भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २४ रहेको छ । हालसम्म रसुवा बाहेक सबै जिल्लामा कोरोना फैलिएको छ । हाल ७८ हजार ६ सय ३९ जना क्वारेन्टिनमा रहेका छन् । ८ हजार ३ सय ६६ जना आइसोलेसनमा रहेका छन् । अहिलेसम्म एक लाख ९३ हजार १ सय ९४ वटा पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
