तमोर नदीमा दुई बालक बेपत्ता - Pahilo Online

तमोर नदीमा दुई बालक बेपत्ता

writer

धनकुटा । तेह्रथुमको आठराई गाउँपालिका ५ छातेढुङ्गा स्थित तमोर नदीको प्याङ्गे दोभानबाट दुईजना बालकहरू बेपत्ता भएका छन। आठराई गाउँपालिका ५ छातेढुङ्गा होडाका १५ वर्षीय सन्तोष तामाङ र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ जुकेटारका १८ वर्षीय रन्जित शेर्पा तमोर नदिमा बेपत्ता भएका हुन। आँप खान तमोर नदीमा किनारमा गएका उनीहरु सोमबार साँझ बगेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय संक्रान्ति बजारका प्रहरी निरीक्षक शेषकराम थान्दारले जानकारी दिए। बेपत्ता भएकाहरूको खोजी छातेढुङ्गा र चुहानडाडा प्रहरी चौकीबाट खटिएको प्रहरीले गरिरहेको जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles