धरानमा खानेपानी आयोजनाको खर्च पारदर्शी गर्न माग गर्दै धर्नासहित प्रदर्शन - Pahilo Online

धरानमा खानेपानी आयोजनाको खर्च पारदर्शी गर्न माग गर्दै धर्नासहित प्रदर्शन

writer

धरान । धरानको खानेपानी आयोजनाको खर्च पारदर्शी गर्न माग गर्दै फेरि पनि संयुक्त खानेपानी संघर्ष समितिले धरान उपमहानगरपालिकाको मुख्य प्रवेशद्वारमा धर्नासहितको प्रदर्शन गरेका छन् । समितिले चार सूत्रीय माग राख्दै सोमबार धरान उपमहानगर अगाडि धर्नासहित प्रदर्शन गरेका हुन् । त्यसक्रममा नगर प्रमुख तिलक राईलाई माग पत्रसमेत बुझाएका छन् । उनीहरूले आयोजनाको खर्चको हिसाबकिताब पारदर्शी देखाउनुपर्ने, खानेपानी अनुगमन समितिसँग गरेको बुँदा अनुसार खानेपानी महसुल सरकारले निर्धारण गरेको टेरिफ अनुसार नै खुवाउनुपर्ने, आयोजनामा भ्रष्टाचार भएको भए सम्बन्धित कर्मचारी तथा जनप्रतिनिधिलाई कारबाही गर्नुपर्ने लगायतका माग छन् ।

संघर्ष समितिका उपसंयोजक हर्क साम्पाङले नगर प्रमुखले मागहरूलाई सम्बोधन नगरेमा आन्दोलन थप अगाडि बढाउने बताए । उनले समितिका मागहरू सुनुवाई नगरेको भन्दै आक्रोस पोखे । त्यसक्रममा मेयर राईले खानेपानीको विषयमा विज्ञ समिति बनाएर खर्चको पारदर्शितादेखि लिएर पानीको उत्पादनको अवस्थाका बारे सबैलाई जानकारी गराउने बताए ।

उनले नगरको कार्यपालिकाको बैठकले नै विज्ञ समिति बनाउनका लागि निर्णय गरिसकेकाले आफूले चाडै नै विज्ञ समिति बनाएर सबै नगरबासीलाई जानकारी गराउने बताए । उनले आफू नगरबासीकै हितका लागि चुनावमा लडेर जितेर आएको हुनाले नगरको हितमा काम गर्ने बताए थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles