ईलाम । इलाम माङसेबुङ गाँउपालिका ६ मा दुई जना झुण्डीएको अवस्थामा मृत फेला परेका छन । मृत फेला पर्नेमा इलाम माङसेबुङ ६ मावाटोल बस्ने २७ बर्षीय बिशाल राई र उनकै भाउजु २६ बर्षीया गिता राई रहेका छन । बिहिबार बिहान कोहि कसैलाइ नसोधि घरबाट हिडेका देवर भाउजु बेलुका सम्म घर फर्की नआएपछी आफन्तले खोजी गर्ने क्रममा शुत्रबार बिहान साढे ११ बजे घर देखी करिव सात सय मिटर टाँडा दारजातको रुखको हांगामा प्लाष्टिकको डोरिको पासो लगाइ झुण्डीएको अवस्थामा दुबै जनालाई फेला पारिएको भनि प्रहरी चौकी सागफारामा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली खटि गई घटनास्थल शुरक्षित राखी घटना सम्बन्धमा कानुनी कारबाही तथा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
