
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका २ बर्रे स्थित परेवा झरना प्रचार–प्रसार नहुँदा ओझेल परेको छ । उदयपुरगढी गाउपालिका ३ मा रहेको जरूवा वजारबाट करिब ३ घण्टाको पैदल यात्रापछि साइपा हुँदै पुगिने र विभिन्न जातजातिसँग सम्बन्धित स्थानीय जनजिवन बुझ्दै, स्थानीय भाषा संस्कृतिको अवलोकन गर्दै जान सकिने र यो झरनामा पुग्दा वेग्लै आनन्दको अनुभूति हुने गरेको स्थानीय होम बहादुर बस्नेतले जानकारी दिए।
गाउँपालिकाको कार्यालय बाट करिब १७ किलोमिटर टाढा पर्ने यो झरना निकै आकर्षक, मनमोहक, र घुम्न आउने पर्यटकको मनै लोभ्याउने गरेको स्थानीय जीवनबहादुर मगरले बताए। झरना निकै आकर्षित र ठूलो भए तापनि प्रचार–प्रसार र मुख्य गरी सडक र्पुयाउन नसक्दा परेवा झरनासम्म पर्यटक पु्ग्न नसकेको उदयपुरगढी गाउँपालिका २ का वडा अध्यक्ष मनोज कार्कीले बताए। वडाध्यक्ष कार्कीले भने, ‘परेवा झरनासम्म पुग्ने सडक अबको ६ महिनाभित्र र्पुयाइसक्ने योजनामा छौ।’ विषेश गरी झरनाको वरिपरिका मगर समुदायको बाहुलियता भएकोले “मगर होमस्ट्रे” बनाउन लागिएको पनि वडाध्यक्ष कार्कीले बताए।
परेवा झरनाको उचाइ १२० फिट अग्लोसमेत रहेको वडध्यक्ष कार्कीले बताए। झरनामा पुग्ने सामान्य कोदालेबाट तत्काललै खन्ने काम गरिने र झरनालाई प्रचार–प्रसार गरेका लागि गाउँपालिकामा समेत माग राखेको साथै परेवा झरनालाई राम्रो प्रवर्धन गर्न सके भ्रमण वर्ष २०२० लाई समेत थप टेवा र्पुयाउने वडध्यक्ष कार्कीले बताए।
