मछिन्द्रलाई तेस्रो संस्करणको सताक्षी गोल्डकपको उपाधि - Pahilo Online

मछिन्द्रलाई तेस्रो संस्करणको सताक्षी गोल्डकपको उपाधि

writer

सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको उपाधि जितेको छ । झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा आइतबार भएको फाइनलमा थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र च्याम्पियन बनेको हो ।

मछिन्द्रको जितमा विमल घर्ति मगरले निर्णायक गोल गरे । खेलको दोस्रो मिनेटमा विमलले पेनाल्टीमा गोल गरेका थिए । थ्री स्टारका अशोक खवासले सोमिडे एडिलाजालाई पेनाल्टी क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीमा विमलले गोल गरेका थिए ।

उपाधिसँगै मछिन्द्रले ६ लाख प्राप्त गरेको छ । उपविजेता थ्री स्टारले ३ लाख प्राप्त गर्यो । यससँगै मछिन्द्रले लिग जितेको एक साता नबित्दै दोस्रो उपाधि जितेको हो । मछिन्द्रले सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी तथा लिग उपविजेता त्रिभुवन आर्मी क्लबलाई २–० ले हराएको थियो । थ्री स्टारले भने आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३–१ गोल अन्तरले हराएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles