झापा । झापाको मेचीनगर नगरपालिका ६ भन्सार गेटबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो १२ बजे दमक नगरपालिका २ का २१ बर्षिय मुस्कान फुयललाई डाईजोपाम ६० एम्पुल, लुपिजेसिक ६० एम्पुल र फेनारगन ६० एम्पुल गरीजम्मा १८० एम्पुलसहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका फुयलको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
