पथरी शनिश्चरे नगरपालिका बजार क्षेत्रको मासु र एग्रोभेट पसल अनुगमन् - Pahilo Online

पथरी शनिश्चरे नगरपालिका बजार क्षेत्रको मासु र एग्रोभेट पसल अनुगमन्

अधिकांश पसल प्रावधान विपरीत सञ्चालन

writer

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको पशुपंक्षी शाखाले आज पथरी बजार क्षेत्रमा मासु तथा एग्रोभेट पसल अनुगमन् गर्दै पसल व्यवस्थित रुपमा सञ्चालन गर्न सुझाव दिएको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा उपसचिव शालिग्राम काफ्ले, १ नम्वर वडाध्यक्ष बाबुराम एङदेन, पशुपंक्षी शाखाका हेमचन्द्र दहाल, पर्वत शाह, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत सहितको टोलीले १९ वटा पसलको अनुगमन् गरेको छ । जसमध्ये १३ वटा मासु पसल रहेका छन् । त्यसमा पनि ३ वटा पसलको त नामै नराखिएको पाइएको छ ।

जसमा, अधिकांश मासु पसल दर्ता नभएको, कतिपय मासु काट्नेस्थल अव्यवस्थित, मासु काट्ने व्यक्तिले सुरक्षा नअपनाएको, मासु खुला ठाउँमा राखेर समेत विक्री हुने गरेको पाइएको समिति संयोजक वास्तोलाले जनाइन् । मुल्यसूची पनि धेरैजसोले नराखेको, धेरै प्रकारका मासु एकैठाउँ राखेर बेचिएको, केहीले होडिङ बोर्ड नराखेको, केहीमा होडिङ बोर्ड भएपनि दर्ता नम्वर र प्यान नम्वर नराखेको पाइएको छ ।

भेटेरीनरी पसलमा विषादी र औषधि एकैठाउँमा राखेर बेचेको, पसलमा मुल्यसूची सहितका व्यवस्थापनका कुरामा सुझाव दिइएको छ । अधिकांश पसलेलाई नगरपालिका कार्यालयमा आएर मासु तथा भेटेरीनरीको प्रावधानका बारेमा स्पष्ट बुझ्न र सो अनुरुप कार्यान्वयनमा ल्याउन सुझाव दिइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes