मोहरम पर्वमा पथरीशनिश्चरे खर्साङटोलमा भव्य कार्यक्रम - Pahilo Online

मोहरम पर्वमा पथरीशनिश्चरे खर्साङटोलमा भव्य कार्यक्रम

लाठी घुमाउने, खुँडा तरवार चलाउने, लगाएतका निकै नै आकर्षक तथा जोखिमपूर्ण खेलहरु प्रस्तुत

writer

पथरी– पथरीशनिश्चरे नगरको वडा ५ नं. मा मात्रै रहेको मुस्लीम समुदायको मोहरम पर्वका अवसरमा मुस्लीम वस्तीमा भव्य कार्यक्रम सम्पन्न भएको छ । यस वडामा करिब ४० घरपरिवार मुस्लीम समुदाय रहेका छन् । अघिल्ला वर्षहरुमा पनि मुस्लीम समुदायको यो पर्वमा विभिन्न कार्यक्रमहरु हुँदै आएका थिए । यस वर्ष पनि सुनवर्षी तथा छिमेकी देश भारतका विभिन्न समूहहरुले आफ्ना खेल प्रस्तुत गरेर मोहरम मनाएका हुन् ।

मुस्लीमहरुले आफ्नो सुरक्षाका लागि लाठी घुमाउने, खुँडा तरवार चलाउने, लगाएतका निकै नै आकर्षक तथा जोखिमपूर्ण खेलहरु प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि जोग बहादुर धिमालले नगर र वडाको तर्फबाट मोहरमको शुभकामना राख्दै आगामी दिनमा पनि यसरी आफ्नो संस्कृतिको जगेर्ना गर्दै लैजान सुझाव दिए।

कार्यक्रममा विशिष्ट अतिथि वडा नं. ६ का वडा अध्यक्ष जय बहादुर तामाङले पनि नगरमा एक मात्रै स्थानमा यस्तो खेल तथा पर्वमा रमाइलो गर्ने कार्यक्रम हुदाँ नगरको गरिमा वढेको बताए।

नगर र वडाले कार्यक्रमका लागि आर्थिक सहयोग उपलब्ध गराएकामा धन्यवाद दिदैँ आगामी वर्षहरुमा अझ व्यवस्थीत तरिकाले कार्यक्रम गर्दै जाने कार्यक्रमका अध्यक्ष तथा मुस्लीम उत्थान समिति पथरीशनिश्चरेका अध्यक्ष शेख मुन्नाले जानकारी दिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes