महासंघले सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाउने - Pahilo Online

महासंघले सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाउने

स्थानीय सूचना र विज्ञापन स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउन माग

writer

पहिलो अनलाइन

विराटनगर । नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिले स्थानीय सूचना र विज्ञापन स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउन माग गर्दै प्रदेशका सबै स्थानीय तहमा मागपत्र बुझाएको छ ।
प्रदेश समितिको सोमबार विराटनगरमा सम्पन्न दोस्रो बैठकले सञ्चार क्षेत्रका विभिनन्न समस्या समाधानको लागि प्रदेश सरकार र स्थानीय तहको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
बैठकले गरेको निर्णय अनुनसार समानुपातिक विज्ञापनि नीति लागू गर्ने स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यममा उपलब्ध गराउनुपर्नेसहितका मागपत्र समेटिएको पत्र सोमबार नै प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईलाई बुझाईसकेको समितिले जनाएको छ । प्रदेशका सबै स्थानीय तहमा महासंघको जिल्ला शाखासँगको समन्वयमा असार ७ गते एकसाथ स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउन, स्थानीय तहको सूचनामा पत्रकारको सहज पहुँच उपलब्ध गराउन र पत्रकारिताको विकासमा सहयोग गर्न मागसहित ज्ञापनपत्र पेश गर्ने निर्णय गरिएको प्रदेश समितिका महासचिब विवेक गौतमद्वारा जारी विज्ञप्तिमा उलल्लेख छ ।
महासंघको प्रदेश समिति बैठकले ३० वर्षभन्दा लामो समयदेखि पत्रकारितामा निरन्तर सक्रिय प्रदेशका अग्रज पत्रकारहरुको अनुभवलाई समेटिएको ‘मेरो पत्रकारिता’ नामक पुस्तक प्रकाशन गर्ने निर्णयसमेत गरेको छ । सो पुस्तक र प्रदेश समितिको अन्य प्रकाशनको लागि उपाध्यक्ष सोमनाथ सुसेलीको संयोजकत्वमा तीर्थ सिग्देल, रेजिना गौतम, शशी कोइराला र रीता मोक्तान रहेको समिति गठन गरिएको जनाइएको ।
यसैगरी पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा योगदान गर्ने सक्रिय र उर्जाशिल पत्रकारलाई प्रोत्साहन गर्ने उद्देष्यले सम्मान र पुरस्तकृत गर्ने निर्णय गर्दै बैठकले त्यसको लागि कायविधि निर्माण गर्न महासचिव विवेक गौतमको संयोजकत्वमा समिति गठन गरेको छ । प्रदेश समितिको बैठकले प्रदेशभरीका पत्रकार महासंघको सदस्यता र नविकरणको अवस्थाबारे जिल्ला शाखाहरुसँग १५ दिनभित्र रिपोर्ट माग गर्ने र सदस्यता शुद्धिकरणको लागि जिल्ला शाखाहरुको समन्वयमा आवश्यक विधि निर्माण गरी लागू गर्ने निर्णयसमेत गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes