तस्करीमा मुछिएका एसएसपी खत्रीले आत्मसमर्पण गरे - Pahilo Online

तस्करीमा मुछिएका एसएसपी खत्रीले आत्मसमर्पण गरे

मोरङ जिल्ला अदालतमा बयान जारी

writer

पहिलो अनलाइन

बिराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएर फरार रहेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका छन् ।

सुनकाण्डका मुख्य अभियुक्त मानिएका खत्रीको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस जारी भएपछि बिहीबार उनले आत्मसमर्पण गरेका हुन् । खत्रीको अदालतका न्यायधिस नारायण शर्माको इजलासमा बयान जारी छ ।  बयान सकिएपछि थुनछेक बहस शुरु हुनेछ ।

सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले तस्करीमा आपूmभन्दा पनि एसएसपी खत्रीलाई थेरै तथ्य जानकारी रहेको बयान अदालतमा दिएका थिए । उनले खत्री पक्राउ परेपछि तस्करीको सबै सञ्जाल खुल्ने बयानमा उल्लेख गरेका छन् ।

विमानस्थलमा रहँदादेखि एक किलो सुन पास गराउँदा खत्रीले ५० हजार रुपैयाँ लिने गरेको गोरेको बयान छ । खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको उनको बयान थियो । गोरेका अनुसार विमानस्थलबाट खत्रीले करिब ५ सय केजी सुन पास गराएको र त्यसवापत २ करोड रुपैयाँ लिएका थिए ।

फ्लाइ दुबईबाट एक पटकमा १५ देखि २० किलोसम्म सुन आउने गरेकोमा भरियालाई खत्रीको योजनामा प्रहरीले पास उपलब्ध गराउने विनाचेकजाँच उनकै कार्यकक्षमा सुन पुगेर त्यहाँबाट बाहिरिने गरेको थियो । खत्रीकोमा छाडिएको सुन प्रहरीले अनुकुल समय मिलाएर बाहिर निकाल्ने गरेको गोरेको बयान छ । गोरेका अनुसार खत्रीले आफ्ना ड्राइभर र अंगरक्षकलाई प्रयोग गरेर सरकारी गाडीमा नै सुन बाहिर ल्याउँथे ।

सुन तस्करीको अनुसन्धान गरिरहेको गृहमन्त्रालयको छानविन समितिले तस्करमिा नाम मुछिएपछि बयानको लागि बोलाउँदा खत्री फरार भएका थिए । खत्री तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । तर, उनलाई अदालतले सफाई दिएको थियो ।

पूर्व डीआईजी गोविन्द निरौलासँगै एसपी खत्री र एसपी विकासराज खनाल ०७२/०७३ मा विमानस्थल प्रहरीमा थिए । त्यसबेला नै गोरेले तस्करीको सेटिङ मिलाएको देखिएको ।

सुन काण्डमा ६ जना प्रहरी अधिकृतसहित २९ जना पुर्पक्षको लागि जेल चलान भएका छन् भने ३२ जना अझै फरार छन् । पछिल्लो समयमा पक्राउ परेका गोरेले दिएको बयानको आधारमा थप व्यक्तिहरु पनि पक्राउको सूचीमा रहेको स्रोतले जनाएको छ ।

मा प्रकाशित

1 thought on “तस्करीमा मुछिएका एसएसपी खत्रीले आत्मसमर्पण गरे

  1. Nepal is being an international smuggling place. This is very dirty identity for we Nepalese. Nepal government lost a big amount of revenue due to gold smuggling. Government and court
    both will be identified by the people of Nepal after the decision of this case. People are in wait and see position. Do not underestimate the people of Nepal. They are looking this case seriously.

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes