नोबेलले लापर्वाही स्वीकारेपछि सहमति - Pahilo Online

नोबेलले लापर्वाही स्वीकारेपछि सहमति

writer

पहिलो अनलाइन

विराटनगर । विराटनगरस्थित नोवेल शिक्षण अस्पतालको लापर्वाहीको कारण मृत्यु भएकी झापा विर्तामोडकी सरिता राईको आफन्त र अस्पताल प्रशासनबीच मंगलबार सहमति भएको छ ।

विरामीको उपचारमा लापर्वाही भएको नोबेल अस्पताल प्रशासनले स्वीकार गर्दै पीडित पक्षसँग सहमति गरेको हो । सहमति अनुसार अस्पतालले मृतक सरिताकी ४ वर्षीय छोरी निप्सुङ राईलाई १० कक्षासम्म पढाइदिने भएको छ । यस्तै १० वक्षा पास गरिसकेपछि ल्याब टेक्निसियन, स्टाफ नर्सलगायतका प्राविधिक शिक्षा निःशुल्क प्रदान गर्ने सहमति भएको छ ।

अस्पतालले मृतकका श्रीमान् बसन्त राईलाई रोजगारी दिने र अस्पतालको सेवा सुधार गर्ने सहमतिसमेत जनाएको छ । अस्पतालमै मंगलबार दिउँसो भएको छलफलमा उक्त सहमति भएको हो । सहमतिमा अस्पतालको तर्फबाट अस्पतालकी डाइरेक्टर इन्दीरा शर्मा बराल, वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी सुरेन्द्र सिटौला, मृतकका श्रीमान बसन्त, आफन्त याम राईलगायतको हस्ताक्षर रहेको छ ।

यसअघि मंगलबार नै मृतकका आफन्तले अस्पताल परिसरमा नाराबाजी र ¥याली गर्दै घटनाको छानविन र दोषिलाई कारबाही गर्न माग गरेका थिए । विर्तामोड १० की ३० वर्षीया सविता राई टाउको दुखेर १० गते बिहीबार बिहान अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना भएकोमा चिकित्सकको लापर्वाहीको कारण उनको सोही दिन मृत्यु भएको आफन्तले दावी गर्दै आएका थिए । सरिताको मृत्यु भएको ६ दिनपछि सहमति जुट्न सफल भएको छ । सहमतिसँगै आफन्तले उनको शव जिम्मा लिएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes