खोला दोहन रोक्न गृहमन्त्रीलाई गुहार - Pahilo Online

खोला दोहन रोक्न गृहमन्त्रीलाई गुहार

writer

पहिलो अनलाइन

विराटनगर । उत्तरी मोरङका विभिन्न खोलाहरुबा अबैध रुपमा भइरहेको प्राकृतिक स्रोत साधनको दोहन रोक्न मोरङका सांसदहरुले गृहमन्त्री रामबहादुर थापा (बादल) सँग आग्रह गरेका छन् ।

प्राकृतिक स्रोतको उचित उपयोगको सट्टा खोलाबाट विभिन्न विकास निर्माण र च्यानलाइजको नाममा सम्पत्तिको दोहन भएको भन्दै उनीहरुले तत्काल त्यसलाई रोक्न माग गरेका हुन् ।

मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभाका सांसद घनश्याम खतिवडा, क्षेत्र नं. ४ का सांसद अमनलाल मोदी, क्षेत्र नं. १(१) का प्रदेश सांसद कुशल लिम्बूलगायतले गृहमन्त्री थापालाई भेटेर खोला दोहन रोक्न माग गरेका हुन् । स्थानीय तहका कतिपय जनप्रतिनिधि र स्थानीय प्रशासनको मिलेमतोमा भइरहेको प्राकृतिक सम्पदामाथिको दोहन रोक्न तत्काल कार्वाहीमा उत्रन उनीहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

क्रसर उद्योगहरूको नाममा उत्तरी मोरङका खदम खोला, चिसाङ खोला, डाँस खोला, बक्राहा खोला, सोल्टी खोला, बुढी खोला, जिरिखिम्तीलगायत दर्जनौं खोलाबाट अहिले अवैध ढंगले ढुंगा गिट्टी उत्खनन् र निकासी भइरहेको भन्दै प्रदेश सांसद कुशल लिम्बूले त्यसबारे गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभयो । अनियन्त्रित उत्खनन्ले वातावरणीय क्षति पुगेको र खोला गहिरिएर कृषियोग्य जमिन बाँझो रहने अवस्था उत्पन्न भएको उहाँको भनाइ छ ।

जथाभाबी मापदण्डविपरित उत्खनन्ले पानीको स्रोतहरु सुक्ने, वन क्षेत्रमा बाढी पस्ने, खेतियोग्य जमिन कटान गर्ने र चुरे क्षेत्रमा पहिरोको जोखिम बढेको भन्दै सांसदहरुले यसलाई रोक्न तीनवटै सरकारले पहल गर्नुपर्ने माग गरेका थिए । संघीयता कार्यान्वयनको संक्रमणकालिन अवस्थाको फाइदा उठाउँदै प्राकृतिक स्रोतको चरम दोहन भइरहेको उनीहरुको भनाइ थियो ।

सांसदहरुले आफ्ना क्षेत्रका समस्याका बारेमा पनि गृहमन्त्री थापालाई राखेका थिए । प्रतिउत्तरमा गृहमन्त्री थापाले जनताको अहित हुने काम गर्ने कसैलाई छुट नहुने बताउँदै अबैध काम गर्ने सबैलाई कानुनी दायरामा ल्याउने बताउनुभएको सांसद लिम्बूले जानकारी दिनुभयो ।
यसअघि मोरङका प्रदेशसभा सांसदहरु लिम्बूसहित सुयर्माराज राई र उपेन्द्र घिमिरेले संयुक्त विज्ञप्ति जारी गर्दै प्राकृतिक स्रोतमाथिको दोहन तत्काल रोक्न प्रदेश सरकारसँग माग गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes