इटहरी । शुक्रबार राति सुनसरीको इटहरी ७ बज्राहका एक युवालाई उनकै साथीहरुले पेट्रोल छर्केर हत्या प्रयास गरेका छन् । मध्यरातमा इटहरीको राजश्व ढाट नजिकै रहेको एक घरमा बासु राईलाई उनका तीन साथीले आगो लगाई हत्या प्रयास गरेका हुन् ।
रातभर एकसाथ मापासे गरेका आफ्नै साथीले राईको हत्या प्रयास गरेको प्रहरीले जनाएको छ । बसपार्क तथा आसपासको क्षेत्रमा काम गदै आएका युवाले राईलाई पेट्रोल खन्याएर हत्या प्रयास गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सञ्जय राउतले जानकारी दिनुभयो ।
आगलागीमा राईको शरिर पूर्ण रुपमा जलेको छ । उनको धरान स्थित विपि कोईलाला विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेपछि काठमाडांै रेफर भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
बसपार्क क्षेत्रमा गाडीलाईन तथा रंगरोगनमा काम गर्दै आएका उनीहरुमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अन्यको भने खोजी भइरहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।