विराटनगर । मोरङको कटहरी गाउँपालिकामा नेपाल घरेलु तथा साना उद्योग महासंघको ७ सदस्यीय गाउँपालिका तदर्थ कार्य समिति गठन गरिएको छ ।
कटहरी स्थित आदर्श स्कुलमा शनिबार महासंघ मोरङको प्रथम गाउँ उद्यमी भेलाले दिलिप अधिकारीको अध्यक्षतामा ७ सदस्यीय तदर्थ कार्यसमिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा फुलकुमारी साह, सचिवमा रामकुमार सिंह र कोषध्यक्षमा निता भगत चयन भएका छन् । त्यस्तै समितिको सदस्यमा लक्ष्मण रोनियार, नितु पोद्दार चयन भएका छन् । महासंघ मोरङका कार्यबाहक अध्यक्ष चेतन निरौलाको अध्यक्षतामा सम्पन्न भेलामा महिला उद्यम समितिका अध्यक्ष सुनिता छाराहाङ, सचिव गोपाल काफ्ले, सदस्य एकराज ढकाल, विजय राम र कटहरी गाउँपालिका–का वडा अध्यक्ष किशोर पाण्डेको उपस्थिती रहेको थियो ।
कार्यबाहक अध्यक्ष निरौलाले जिल्लाका सबै उद्यमीहरुलाई महासंघमार्फत संगठित गराउन जिल्लाका १७ वटै स्थानिय तहमा महासंघको शाखा कमिटिहरु गठन गरिने बताउनुभयो । महासंघले घरेलु तथा साना उद्योगीका साझा एजेण्डा बनाएर अघि बढ्ने जनाएको छ ।