ट्राफिक समस्या हटाउन निर्वाचन कार्यालयको चासो - Pahilo Online

ट्राफिक समस्या हटाउन निर्वाचन कार्यालयको चासो

क्षेत्रीय निर्वाचन अधिकारी सञ्जेलको फरक शैली

writer

क्षेत्रीय निर्वाचन अधिकारी सञ्जेल

विराटनगर । कुनैपनि कार्यालयले आफ्नो कार्यक्षेत्रभित्रका काम गर्ने गर्दछ । कार्यालयका कर्मचारीहरु आफ्नो काम इमान्दारिताको साथ गर्न पनि अल्छी गर्ने संकार रहेकोले उनीहरुबाट सार्वजनिक सरोकारको विषयमा अतिरिक्त चासो राखेको पाइन्न ।

तर, विराटनगरको क्षेत्रीय निर्वाचन कार्यालय र कार्यालका प्रमुख प्रेमप्रसाद सञ्जेल भने फरक छन् । सरकारी कर्मचारी मात्र नभएर आम पेशाकर्मी र नागरिकले अनुशासन र इमान्दारिताभित्र रहेर काम गर्नुपर्ने मान्यता राख्ने सञ्जेलको इमान्दारितामा कसैले प्रश्न उठाउन सक्दैन । उनको त्यही इमान्दारिता तथा खरो र रुखो स्वभाबले उनी जिल्ला, प्रदेश मात्र नभएर देशकै चर्चित कर्मचारी बनेका छन् ।

आफ्नो मातहतमा रहेका कर्मचारीले राम्रोसँग काम नगरेमा भौतिक आक्रमणमै उत्रौला जस्तै गर्ने सञ्जेलको कार्यशैलीबारे कतिपयले आलोचना पनि गर्ने गरेका छन् । तर, तोकिएको आफ्नो जिम्मेवारी पुरा गर्न कुनै सम्झौता नगर्ने र अरुलाई पनि इमान्दारिता, भ्रष्टचारको विरोध र नैतिकताको शिक्षा दिने सञ्जेलको तारिफ गर्नेहरु धेरै छन् ।

उनै सञ्जेलले गएको एक साता अगाडि जिल्ला ट्राफिक प्रहरीलाई पठाएको पत्र अहिले चर्चामा छ । क्षेत्रीय निर्वाचन कार्यालयको लेटरप्याडमा चलानी नं. ५७७ मा सञ्जेलले पठाएको पत्रमा विराटनगरका २ वटा कलेज र तीनका विद्यार्थीले ट्राफिक नियम उल्लंघन गरेको भन्दै तीनलाई कार्वाही गर्न र ट्राफिक नियमको बारेमा तालिम दिन आग्रह गरिएको छ ।

विराटनगर मेनरोडमा रहेको शिक्षादीप कलेज र कान्तिपुर कलेज तथा ती कलेजका विद्यार्थीले गम्भीर रुपमा ट्राफिक नियम उल्लंघन गरेकोले कारबाही गर्न सञ्जेलले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई पत्र पठाउनुभएको हो । दुई कलेजले आफ्ना सवारी साधन सडकमा दोहोरो पार्किङ गर्ने गरेकोले पैदलयात्री र अन्य सवारी साधनले झन्झट व्यहोर्नु परेको पत्रमा उल्लेख छ ।

पत्रमा कलेज क्षेत्रमा एकजना ट्राफिक प्रहरीको नियमित ड्युटीको व्यवस्था गर्न पनि माग गरिएको छ । ती कलेजका सडकमा तेर्सो लाईन लागेर हिँड्ने अनुशासनहीन विद्यार्थीको कारणले ट्राफिक समस्या बढेकोले विद्यार्थी तथा शिक्षकलाई ट्राफिक नियम तालिम दिनुपर्ने सञ्जेलको सुझाब छ ।

यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले क्षेत्रीय निर्वाचन कार्यालयको पत्रले ध्यानाकर्षण भएको बताउनुभयो । सडक समस्याले यस्तो अवस्था आएको भन्दै उहाँले सडक बनेपछि समाधान हुने दावी गर्नुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes