वडामा कृषीलाई पहिलो प्राथमिकता दिने योजना छः वडा सदस्य पराजुली - Pahilo Online

वडामा कृषीलाई पहिलो प्राथमिकता दिने योजना छः वडा सदस्य पराजुली

writer

मोहन भट्टराई

टंक पराजुली (वडा सदस्य) पथरीशनिश्चरे–३ मोरङ

टंक पराजुली पथरीशनिश्चरे–३, मोरङका एक सक्रिय जनप्रतिनिधि हुन् । उनी नेपाली राजनीतिमा लामो समयदेखि संलग्न रहँदै आएका छन् । वर्तमानमा वडा सदस्यको भूमिकामा रहेका पराजुली आगामी दिनमा वडाध्यक्षका रूपमा जनताको सेवा गर्ने उद्देश्य राख्छन् ।

पराजुलीका अनुसार, पथरीशनिश्चरे नगरपालिकामा नेकपा माओवादी केन्द्रले विगतमा वडा नम्बर ४ बाहेक अन्य वडामा जित हासिल गर्न सकेको थिएन । वडा नम्बर ४ पनि गुम्नसक्ने परिस्थिति देखेपछि, पराजुलीले जनताको विश्वास जित्दै वडाध्यक्ष बन्ने लक्ष्य राखेर वडा सदस्यको रूपमा चुनाव लड्ने निर्णय गरे । एकल रूपमा जित्ने अवस्था नरहेकाले उनले नेपाली कांग्रेससँग मौखिक सहमति गर्दै गठबन्धनमार्फत चुनावमा उम्मेदवारी दिएका थिए र सफल पनि भए । आगामी स्थानीय चुनावमा वडाध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने उनको योजना छ । प्रस्तुत छ, उनै वडा सदस्य पराजुलीसँग गरिएको कुराकानीको संपादित अंशः

वडा सदस्यको रुपमा निर्वाचित भएर काम गर्ने प्रेरणा कसरी मिल्यो ?
यो कसरी भन्दा यसभन्दा अगाडि पनि पथरीशनिश्चरेमा नेकपा माओवादी केन्द्रले वडा नम्बर ४ मात्र जितेको र अन्य कुनै वडा पनि नजितको अवस्था थियो । चार नम्बर वडा पनि बीचमा गुम्ने खालको परिस्थिति मैले बुझेपछि अब वडामा एकैचोटी वडाध्यक्ष जित्न नसक्ने परिस्थिति देखेर मैले वडा सदस्य एकपटक जितेर अनी आफुले जनताको मन जितेर वडाध्यक्ष जित्न सकिन्छ कि भन्ने उद्देश्यले मैले पार्टीमा मैले आफ्नो ईच्छा प्रकट गरें । वडामा कसैसँग सहकार्य नगरी एकलौटी जाँदा जित्ने अवस्था नभएको हुँदा मैले नेपाली कांग्रेससँग गठबन्धन गरेर जाउँ भनेर आधा घण्टाको अन्तरालमा एउटा मौखिक गठबन्धन जस्तो गरेर गइयो । त्यसपछि सदस्य जित्न सफल भइयो । आउने ०८४ मा अध्यक्षमा लडेर जित्ने प्रयत्न गर्दै छु ।

तपाईको वडामा हालसम्म भएका मुख्य विकास निर्माणका कार्यहरु के के हुन् ?
हाम्रो कार्यकालमा हामीले मदन कृषी मार्ग ए ग्रेडको ग्राभेल ग¥यौं । वडा नं. ३ कै संगम चोक पूर्व जाने बाटोलाई ए ग्रेडको ग्राभेल गरी स्तरोन्नती ग¥यौं । किरातचोक पूर्व कल्भर्ट निर्माण ग¥यौं । अर्को ३ लाखमा मेरो घर नजिकको बाटो स्तरोन्नती ग¥यौं । अर्को आइतबारे पश्चिम कोलस्टोरको पश्चिमको बाटो स्तरोन्नती ग¥यौं ।


प्रदेश सरकारमा पहल गरेर दुईवटा बाटाहरु बनिरहेको अवस्था छ । जसमा पिपलचोक पश्चिमबाट सामाजिक स्कुल जोड्ने बाटो प्रदेश सरकारको सहयोगमा २० लाख रकममा बन्दै छ । अर्को सुबेदी चोकबाट पश्चिम छिमेकी लाइन छिर्ने बाटो स्तरोन्नती भइरहेको छ । ३ नम्बर वडामा रहेका अति विपन्न परिवारलाई शौचालय निर्माण समेत गरिदिएका छौं । अन्य सानातिना कामहरु त निरन्तर भइनै रहेका छन् ।

आगामी दिनमा वडामा के कस्ता पूर्वाधारहरु निर्माण गर्ने योजनामा हुनुहुन्छ ?
वडा नं. ३ मा निर्माण गर्नु पर्ने योजनाहरु त धेरै छन् । यो वडाचाहीं भौगोलिक दृष्टिकोणले अन्य वडाभन्दा अत्यन्तै विकट रहेको हुँदा यसमा अहिलेसम्म पनि ग्राभेल नगरेका बाटाहरु धेरै रहेका छन् । ती बाटाहरुलाई आफ्नो कार्यकालभित्रै कच्ची, धुले बाटाहरु नरहुन् भन्ने हाम्रो उद्देश्य हो ।

विशेषतः यहाँ कृषीमा निर्भर रहेका जनता बढी भएको हुनाले कृषीलाई पहिलो प्राथमिकता दिने योजना छ । पूर्वाधारमा ८÷१० वटा कल्भर्टहरु बनाउनै पर्ने अवस्थाका देखिएका छन् । यी सबैलाई व्यवस्थापन गर्दै जानु पर्छ भन्ने लागेको छ ।

वडामा शिक्षा सुधारका लागि के कस्ता कार्यहरु गर्नु भएको छ ?
हामीले वडाभित्र रहेको जम्मा २ वटा सामुदायिक विद्यालयहरुलाई विभिन्न शिर्षकमा सहयोग गर्दै आएका छौं । जसको लागि हामीले जनता माविलाई हरेक आर्थिक वर्षमा १ लाख रुपैयाँ छुट्याउने गरेका छौं । विद्यालय व्यवस्थापन भनेर निजि श्रोतका शिक्षकको तलबभत्ता वापत अनुदान दिने गरेका छौं । सामाजिक आधारभुत विद्यालयमा वार्षिक २ लाख रुपैयाँ छुट्याउने गरेका छौं ।

सामुदायिक विद्यालयहरुको स्तरवृद्धिका लागि के पहल भइरहेको छ ?
यसका लागि वडाबाट त त्यत्रो धेरै सहयोग गर्न सकिन्न । प्रदेश सरकारबाट वार्षिक ४÷५ लाख निरन्तर आइनै रहेको छ ।

स्वास्थ्य सेवामा सुधार ल्याउन तपाईको टिमले के काम गरिरहेको छ ?
स्वास्थ्यमा हामीले प्रत्येक वर्ष २०÷३० विपन्न परिवारलाई वडाबाट स्वास्थ्य वीमा गराइदिने गरेका छौं । हामीले अस्पतालहरुसँगको सहकार्यमा वर्षमा १÷२ पटक निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने गरेका छौं । जेष्ठ नागरिकहरुलाई घर–घरमा पुगेर उहाँहरुको स्वास्थ्य परीक्षण गर्ने गरेका छौं ।


किसानहरुलाई सहयोग पुग्ने गरी वडाले के कस्ता योजनाहरु ल्याएको छ ?
किसानहरुलाई हामीले ३ नं. वडाभरीका प्रत्येक घर परिवारलाई हामीले एक घर एक फलफुलका विरुवा वितरण गरेका छौं । प्रत्येक टोललाई विषादी छर्किने स्प्रे ट्याङ्की वितरण ग¥यौं । भर्खरै नगरको साझेदारीमा उन्नत जातको मकैको विउ वितरण गरियो । अब तत्काल वडा बाटै मकै रोप्ने मेसिन वितरण गर्ने योजना छ । त्यस्तै सिंचाईको लागि माथिल्लो निकायमा पहल गरेर बजेट ल्याएर किसानहरुलाई उत्साहित गराउने योजना छ ।

स्थानीयस्तरमा रोजगारी सृजना गर्न वडाबाट के के पहल भइरहेको छ ?
वडाभित्रै उद्यमी बनेर स्वरोजगार बन्नको लागि हामीले लघुवित्त संस्थासँग समन्वय गरेर भर्खरै मकैका खोस्टाको छत्रे टोपी (ह्याट) र ह्याण्ड ब्याग बनाउने सम्बन्धी शैद्धान्तिक तालिम दिइसकेका छौं । अब उनीहरुलाई प्रयोगात्मक तालिम दिएपछि उनीहरुलाई वडाभित्रै सानो उद्योग खोलेर वडाभित्ररहेका विपन्न नागरिकलाई त्यस उद्योगमा जोडेर रोजगारी दिलाउने हाम्रो उद्देश्य रहेको छ ।


वडामा लागुपदार्थ दुब्र्यसन तथा अन्य अपराधिक गतिविधि न्यूनिकरणका लागि के उपायहरु अपनाइरहनु भएको छ ?
यो लागु औषध दुब्र्यसन न्यूनिकरणका लागि हामीले प्रहरीसँगको समन्वयमा प्रत्येक वर्ष सचेतनामुलक कार्यक्रमहरु गरि नै रहेका छौं ।

वडामा महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुको हितको लागि के कस्ता कार्यक्रमहरु छन् ?
जेष्ठ नागरिकहरुलाई हामीले प्रत्येक वर्ष ५० हजार बजेट छुट्याइदिने गरेका छौं । त्यो बजेटबाट उहाँहरुलाई सम्मानको कार्यक्रम हुन्छ । यस वडामा रहेका ४ वटा बाल विकास केन्द्रहरु छन् । ती बाल विकास केन्द्रहरुलाई दामासाहीले वार्षिक रुपमा बजेट छुट्याइदिने गरेका छौं । ती केन्द्रहरुमा बालबालिकाहरुलाई खेल सामग्री वितरण गर्ने गरेका छौं ।

महिलाहरुको लागि पनि हामीले प्रत्येक वर्ष बजेट छुट्याइदिने गरेका छौं । त्यसबाट उहाँहरुलाई आवश्यकता अनुसार विभिन्न तालिम, कार्यक्रमहरु गरेर उत्साहित गराइरहेका छौं ।


अन्त्यमा केही भन्नु छ ?
हाम्रो ३ नं. सम्पूर्ण वडाबासीहरुलाई आफ्नो टोलमा रहेका समस्याहरु वडामा आएर जानकारी गराई हामीलाई सल्लाह सुझाव दिनुहोला । वडा नं. ३ पहिलेको ४ वटा वडाहरु मिलेर बनेको हुनाले भौगोलिक रुपमा अत्यन्तै ठूलो रहेको हुँदा प्रत्येक टोलमा, प्रत्येक घरमा कहाँ के भइरहेको छ भन्ने कुरा सबै हामीलाई थाहा नहुन पनि सक्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes