सामुदायिक वन समूह हाँकिरहेका होमनाथको लोकप्रियता बढ्दै - Pahilo Online

सामुदायिक वन समूह हाँकिरहेका होमनाथको लोकप्रियता बढ्दै

writer

पहिलो अनलाइन

वि.सं. २०३१ साउन ३१ गते जन्मिएका होमनाथ सुबेदी साविक जाँते गाविस वडा नं.–९ का रैथाने बासिन्दा हुन् । बुबा केशवप्रसाद र आमा धनमायाका सुपुत्र होमनाथ स्थानीय बसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष हुन् ।

वन संरक्षण र स्थानीय टोलबासीको वन माथिको पहुँच स्थापित गर्न वि.सं. २०५६ सालमा बसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूह गठन भई संरक्षण तथा व्यवस्थापनको कार्य भइरहेको छ । उनी लेटाङ–९ जाँतेस्थित उक्त सामुदायिक वनको टोल सचिवको जिम्मेवारीमा रहेर ६ वर्षसम्म काम गरेपछि २०७४ सालमा मुल समिति कोषाध्यक्षमा निर्वाचित भएका हुन् । सुबेदीले २०७९ मंसिरदेखि भनें वन समूहको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । संस्थापक अध्यक्ष पूर्णबहादुर कुरुङ्वाङ, त्यसपछि कृष्णप्रसाद लुइटेल, सन्तबहादुर राई र वर्तमान होमनाथ सुबेदीको नेतृत्वमा निरन्तररुपमा वन संरक्षण र सम्बद्र्धनको कार्य भइरहेको छ ।

वन संरक्षणमा उनको अहोरात्र खट्ने र जहिल्यै उपभोक्ताको सेवक बन्ने धोको देखिन्छ । सुबेदी स्थानीय उपभोक्ताको मन मनमा पुग्न सफल छन् । काम गरेर नै उनको यो प्रसंसा र लोकप्रियता उँचो भएको हो । वन समूहको सञ्चालक समिति र उपभोक्ता एउटै सिक्काको दुईपाटा भन्न रुचाउने सुबेदी निष्पक्ष, सहज सरल रूपमा काम गरेर उपभोक्ताको मन जित्न सफल बनेका छन् ।

राजनीतिक दल होस नागरिक समाज, स्थानीय सरकार, संघ, संस्था, संञ्चार जुनसुकै क्षेत्र वर्गसँग समन्वय गर्ने अध्यक्ष सुबेदीको क्षमता देखिन्छ । वन संरक्षण, सम्बद्र्धन र उपभोग गर्नु उपभोक्ता समूहको दायित्व र कर्तव्य हो । त्यही कर्तव्य र दायित्व उनको नेतृत्वमा वन समूहले पूरा गरेको छ ।

सुबेदीको नेतृत्वमा बसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहले जिल्लाभरीका १३६ वटा सामुदायिक वनलाई उछिन्दै प्रथम पुरस्कार प्राप्त गरेको छ । डिभिजन वन कार्यालय मोरङले जिल्लास्तरीय उत्कृष्ट सामुदायिक वन पुरस्कार २०८१ प्रदान गरेको छ । बसन्त हरियाली सामुदायिक वन समूहले अन्य समूहको तुलनामा उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरेको हो ।

समूहले वन संरक्षण, सम्बद्र्धन, व्यवस्थापन तथा जामुन प्रजातिको नमुना पुनरउत्पादन प्लट उत्पादनमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।
सुवेदीले डिभिजन वन कार्यालयबाट प्राप्त पुरस्कारप्रति खुशी व्यक्त गर्दै वनको संरक्षण र सामुदायिक विकासमा अझै योगदान दिने प्रतिवद्धता जनाएका छन् । ‘यो पुरस्कारले वनको महत्व र त्यसको दिगो व्यवस्थापनप्रति समुदायलाई सचेत र प्रेरित गरेको छ’– अध्यक्ष सुबेदीले भने ।
समूहले लेटाङ नगरपालिका वडा नं. ९ का कुल ५१२ घरधुरीका १ हजार ७९२ जनसंख्यालाई काठ, दाउरादेखि लिएर वन पैदावार उपलब्ध गराउँदै आएको छ ।

आर्थिक रुपले अति विपन्न परिवारको घर, चर्पी निर्माण तथा केही विपन्नको घर मर्मत समेत गरेर मानवीयताको संस्कारलाई ज्यूँदो बनाइरहेको छ । उपभोक्ताको मृत्यु भएमा काजक्रिया खर्च, घाटसम्म निःशुल्क दाउरा र समवेदनापत्र प्रदान गरेर पीडामा मल्हम बन्ने कोसिस गरिरहेको छ । समूहले जीविको पार्जनमा सहयोग पु¥याउने उद्देश्यले विपन्न उपभोक्ताको आयआर्जनका लागि विभिन्न समयमा सिपमुलक तालिमको आयोजना गर्ने गरेको छ ।

यस वन समूहले खाली जमिनमा सुपाडीका विरुवा, तेजपात, रुद्राक्षलगायत फलफुल तथा जडिबुटीका विरुवा रोपेर आफुलाई व्यवस्थित गर्दै लगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes