सावित्री माविले स्वर्णमहोत्सव मनाउने - Pahilo Online

सावित्री माविले स्वर्णमहोत्सव मनाउने

writer

किशन शाही

केराबारी  । केराबारी ५ सतिसालेमा रहेको श्री सावित्री माविले आगामी फागुन २१ देखि २३ सम्म स्वर्णमहोत्सव मनाउने भएको छ । विद्यालय स्थापनाको ५० वर्ष पुगेको उपलक्ष्यमा विद्यालयले स्वर्णमहोत्सव मनाउने भएको हो ।विद्यालयको शैक्षिक गुणस्तरमा सुधार संगै भौतिक पूर्वाधार विकासमा टेवा पुर्याउने र दाताहरुलाई सम्मान गर्न विद्यालयले तीन दिवसीय स्वर्ण महोत्सव मनाउन लागेको शनिबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ ।

पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुहुदै तीन दिवसिय कार्यक्रम अन्र्तगत पहिलो दिन २१ गते संघिय युवा तथा खेलकुद मन्त्री श्री डिकवहादुर लिम्बूको प्रमुख आतिथ्यतामा स्वर्ण स्तम्भ अनावरण,चन्दादाता,जग्गादाता,संस्थापक सदस्य,अक्षयकोषदाता,पूर्व शिक्षक,पूर्व जनप्रतिनीधिहरुलाई सम्मान सहित विविध सास्कृतिक कार्यक्रम हुनेछ ।

दोश्रो दिन कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय श्री प्रदिप कुमारसुनुवारको प्रमुख आतिथ्यतामा अन्तामावि लोकनृत्य प्रतियोगिता संगै दाता सम्मान सहित विविध सास्कृतिक कार्यक्रम प्रस्तुत हुने र अन्तिम दिन केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिंगचिंग मगरको प्रमुख आतिथ्यतामा कक्षा ११,१२ संञ्चालनार्थ आर्थिक सहयोग गर्ने सम्पुर्ण चन्दादाताहरुलाई सम्मान,सास्कृतिक कार्यक्रम सहित समापन गरिने विद्यालयका प्रअ रमन श्रेष्ठले बताउनुभयो । साथै विद्यालयले हाल सम्म ३० लाख वढी विभिन्न चन्दादाताहरुबाट सहयोग प्राप्त भएको र अझै केही रकम आउने क्रममा रहेको बताउदै ।

हाल सम्म २६ लाख वढी खर्च भई विद्यालयको भौतिक पूर्वाधार विकासमा टेवा मिल्नुको साथै शैक्षिक उन्ननयनमा टेवा पुग्ने प्रअ श्रेष्ठले बताउँनुभयो स्वर्ण महोत्सवलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न मुल आयोजक समिति मार्फत सबै कार्यक्रम गर्ने गरी विभिन्न उपसमितिहरु गठन गरिएको छ । स्तम्भ निर्माण र विद्यालयको गेट निर्माणको केही काम बाहेक सम्पुर्ण तयारी पुरा भएको र बाँकी काम पनि भोली र पर्सि सम्म तयारी हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमल राईले जानकारी गराउँनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes