हरेक ठाउँमा सिमा निर्धारण गरिएको हुन्छ - Pahilo Online

हरेक ठाउँमा सिमा निर्धारण गरिएको हुन्छ

writer

ऋषि सुबेदी

ऋषि सुबेदी

आफूले भोगचलन वा आÇनो हकमा रहेको घर जमिन वरिपरीको क्षेत्रको अन्तिम बिन्दू नै सिमाना या सिमा मानिन्छ । सिमा आलि, ढुङ्गा, खोला, पहाड र दिवाल (पर्खाल) बाट छुट्याएको देखिन्छ भने पछिल्ला दिनमा मिटर फुट ईञ्चको प्रयोग गरेर सिमा निर्धारण गरेको पाईन्छ । यहि सिमा छिमेकीले बर्षेनी कोदाली लगाउदा बिबाद बढेर कलह सृजना भै धन जनको समेत खति भएको देखिन्छ । महादेश देश अञ्चल जिल्ला र गाउँको मात्र हैन ब्यक्ति ब्यक्ति को चल र अचल सम्पतीको सिमा निर्धारण गरिएको हुन्छ ।

नेपाल सिङ्गो पृथ्वीको उत्तरी गोलार्दमा रहेको देश हो । यो एसिया महादेशको झण्डै बिच तिर पर्ने गएको छ । नेपाल भारत भन्दा २२ गुना र चीन भन्दा ६५ गुना सानो भएको निधारीत नाप मापन गरिएको छ । नेपाल २६ डिग्री २२ मिनेट उत्तरी अक्षांश (latitude) देखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांसम्म र ८० डिग्री ०४ मिनेट पूर्व देशान्तर देखि ८८ डिग्री १२ मिनेट पूवी देशान्तर सम्म फैलिएको छ । विश्वको कूल क्षेत्रफलकाृे ०.००३ प्रतिशत र एसियाको ०.३ प्रतिशत भूभाग ओगटेको छ भनेर स्पष्ट सिमा कोरिएको छ । त्यसैगरी यो देशको पूर्व पश्चिम लम्बाई ८८५ वर्ग किलोमिटर छ भने उत्तर दक्षिण अधिकतम २४१ किलामिटर र न्यूनतम १४५ किलोमिटर रहि सरदर चौडाई १९३ वर्ग किलोमिटर रहेको सिमा निर्धारण मापन गरिएको छ ।

नेपाल एक सार्वभौम सत्ता सम्पन्न राष्ट्र आÇनै झण्डा, भाषा पैशा निती रहेको छ भनिन्छ । यसको पूर्व मेची र पश्चिम महाकाली नदी सिमा स्तम्ब रहेको देखिन्छ भने उत्तरमा हिमालय पर्वत श्रृखलाहरुले सिमा रेखाको काम गरेकै छन्भने दक्षिणमा ठाउँ ठाउँमा गाडिएका जंगे पिलहरले पहिचान दिलाएका छन् भनिन्छ पिलहर पुराना भएर हो या छिमेकीको मन बढेर हो बषौं देखि यहि क्षेत्रमा बिबाद सृजना भएको सुनिन्छ । ढोड गलेर गए भन्दैमा मकै नै छरेको थिएन भन्न त मिल्दैन होला ।

यति धेरै सबुत हुंदाहुदै ठाउँ छोड्ने पछि सर्ने अबस्था त आउँदैन होला । अहिले जंगली यूग त हैन अन्तराष्ट्र सम्म न्याय खोज्ने ठाउँ बनेको छ । चाँडो भन्दा चाँडो सम्बन्धित क्षेत्रका उच्च पदाधिकारीहरुले उपयुक्त कदम चालेर शान्ति पूर्ण ढंगले निकाश निकाले तेस क्षेका नागरीकहरुलाई मात्र हैन सबैकालागी सिमा रडाकाको कष्ट निवारणका साथै सबैका मनमा शान्ती स्थापना दिगो बन्न पुग्थ्यो होला ।

घरको दुःख सहन नसकी भारतका विभिन्न शहरहरुमा कामका सिलसिलामा फसेका नेपालीहरुले बर्षौ बर्ष खटेको पसिनाको झिनो रकम स्वदेश भिœयाउन सिमा आइपुग्दा भारतिय सुरक्षकर्मी र अन्य व्यक्तिहरुले विभिन्न बहाना बनाई नेपालीहरुका रकम तथा अन्य मालसमान हडप्ने चलनले सिमा आतड्ढले आतड्ढीत पारि सिमा मर्म पार गरेको देखिन्छ ।

दशैं र अन्य चांड पर्वको बेलामा लामो तथा छोटो दुरीका यतायात कर्मीहरुले क्षमता भन्दा बढी यात्रु कोची बढी रकम असुलेर सिमा नाग्दा कठीनको महसुस हुनु स्वभाविक देखिन्छ ।

राष्ट्रय ढिकुटी खर्च गर्न पल्किएका नेताहरु स्वदेशमै एउटा सुविधा सम्पन्न अस्पताल बनाउनको सट्टा सिमा नाघेर उपचारमा धाएको सुन्दा सर्वसाधारण जनताले उपचार गराउंन कुन हैसियत जुटाउनु पर्ने हो र हैसियत जुटाउन नसकि सिमा पार गर्न नसक्ने कारणले चाडै ज्यान गुमाउनु पर्ने अवस्था आउदैन भन्न सकिन्न ।

संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्बाङले आÇना सभासदलाई संविधान निर्माणको काम छोडेर सिमा नाघि कतै नजाने उर्दि भए पनि सभासदहरु सिमा नाघेर विभिन्न देशहरुमा स्वच्छन्द भ्रमणमा जानुले तोकिएको सिमामा संविधान बनाउन सांसदहरु लागी परेका छन भन्न सकिन्दैन ।

हरेक ठाउँमा सिमा निर्धारण गरिएको हुन्छ । कतै सामाजिक सिमा हुन्छ भने कति कानूनी र धार्मीक सिमा समेत कोरीएको हुन्छ । सासु बुहारी बिच सिमा हुन्छ । बाबु छोरा, गुरु चेला, डाक्टर, नर्स श्रीमान, श्रीमती हरेक ठाउँमा सिमा कोरिएको हुन्छ । जहा सिमा मिचिन्त त्यहा दन्द सृजना हुन्छ । कलहले कसैलाई उच्च पद दिएको देखिंदैन बरु वकिलको पेशा मात्र सुरक्षित बनाएको देखिन्छ ।

त्यसैले हरेक ब्यक्ति संघ संस्था राष्ट्र तथा अन्तराष्ट्रले उपयुक्त नियम कानून्को सिमा कोरीयोस् । कोरीएको सिमारेखा साना साना ब्यक्तिले मात्र हैन ठूला ठूला ब्यक्ति र राष्ट्रले पनि पालन गरुन् स्वस्थ र शान्ती पूर्ण समाजको स्थापना होस् यति गरेमा मात्र सिमाको मर्म पूर्ण हुन्छ भन्ने मेरो आग्रह छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes