ब्यापारीको हितमा बोल्न सक्ने र समय दिन सक्नेलाई भोट दिनुहोसः धनकुमार तामाङ - Pahilo Online

ब्यापारीको हितमा बोल्न सक्ने र समय दिन सक्नेलाई भोट दिनुहोसः धनकुमार तामाङ

writer

पहिलो अनलाइन

धनकुमार तामाङ (अध्यक्षका प्रत्यासी) उधोग वाणिज्य संघ पथरीशनिश्चरे, मोरङ

उ.वा.संघको अध्यक्षमा उम्मेदवारी दिनुभएको छ तयारी कस्तो छ ?
—पथरी उद्योग वाणिज्य संघको अध्यक्षको मनोनयन दर्तापछि उद्योगी, ब्यबसायीसँग भेट्ने, सल्लाह सुझाव लिने भइरहेको छ । निर्वाचन अघि चाँही अशक्त, विरामीहरुसँग भेट्ने, सकेको सहयोग आफै गर्ने, नत्र साथिभाइसँग संकलन गरेर उपचारमा लाग्ने । कुरा सुन्ने अस्पतालमा निःशुल्क उपचारको ब्याबस्था मिलाउने जस्तो काममै हुन्छु । आफ्नो पनि हेर्ने र ब्याबसायीहरुको समस्या आए सकेको सहयोग गर्ने काममै हो ।

उद्योग वाणिज्य संघको निर्वाचनमा तपाइले जित्ने आधारहरु के के छन ?
—पहिलो कुरा त पथरीशनिश्चेरमा जन्मिएर सँगै हिडेका, खेलेका साथीहरु नै उद्योगी ब्यबसायी हुनुहुन्छ । निर्वाचनको सवालमा मात्र होइन । यहाँका अधिकांश ब्यबसायीहरुसँग भावनात्मक सम्बन्ध छ ।
म अध्यक्ष हुँदा होस वा नहुँदा सूचना पाएको वा बोलाएको बखत ब्यापारीको समस्यामा घरदैलोमा पुगेको छु । अघिल्लो निर्वाचनमा अर्को पक्षमा मोर्चाबन्दी थियो । हामी एक्लै निर्वाचन लड्दा पनि झिनो मतको अन्तर थियो । त्यो बेला मैले त्यति धेरै प्रयास पनि गरिन । यो पटक माहोल भिन्नै प्रकारको छ । सबैतिर बोलाएर भोट दिन्छौ भनिरहनु भएको छ । आम ब्यबसायीहरुको साझा प्यानल भएकोले हाम्रो जित निश्चित छ ।

अघिल्लो कार्यकाल अध्यक्ष हुँदा व्यापारीको हितमा के के गर्नुभयो ?
—अघिल्लो कार्यकालमा म अध्यक्ष भएको बेला बन्द हड्तालको समस्या थियो । चन्दा आतंक थियो । हप्तौ बन्द, हड्तालको बीचमा ब्यापारीहरु डर त्रासमा बाच्नु पर्ने अवस्था थियो ।
त्यो बेला मेरै पहलमा लामो बन्दको अबज्ञाको आव्हानको साथै बन्द मुक्त पथरी घोषणा गरेका थियौं । ब्यापारीहरुको पिर, मार्का र मनोभावना बुझेर म आफै सडकमै निस्केर निक्कै ठूलो रिक्स मोलेर बजार खुलाएको थिएँ । आम ब्यापारीहरुले भूल्नु भएको छैन भन्ने लाग्छ ।
पथरी बजारमा जताजतै फोहोर मैला थुप्रिएको थियो । नगरपालिकासँग समन्वय गरेर ट्याक्टर भाडामा ल्याई फोहोर मैला फाल्ने भूमिका हाम्रो टिमले गरेको थियो । बजारलाई सफा राख्न छाडा चौपाया नियन्त्रण गरियो । जाँते मोडको सार्वजनिक सौचालय बन्द थियो । समन्वय गरेर हामीले नै खोलेका हौ । कर कार्यालय ल्याउने निर्णय हाम्रै पालामा भएको थियो । एक दुई पटक डेलिकेशन गएका थियौ ।
संस्थाको भवन निर्माण गर्ने भनेर जाँते मोडमा माटो फिलिङ गरियो । त्यहाँ नहुने भएपछि हनुमान चौकमा नम्बरी र ऐलानीसहित १८ धुर जग्गा तीन लाख बैना भएको थियो । पछि बैना किन फिर्ता भयो, रामरी बुझ्न पाएको छैन । सुरक्षाको लागि मुख्य सडकमा सीसी क्यामरा जडान गरियो । ब्यापारीहरुका न्यायको लागि फुल टाइमर भएर हिँडे र अझै हिड्छु ।

अध्यक्ष जितेपछिको योजना के के छ ?
—सबैभन्दा ठूलो कुराचाही ब्यापारी, ब्यबसायीहरुको भौतिक र ब्यबसायिक सुरक्षा नै हो । दुःख, पीडामा साथ, सहयोग गर्नु पर्दछ । कोरोना महामारी छ । दैनिक रुपमा एउटा ब्यबसायीले सयौ ग्राहकसँग भेट्नु पर्ने भएको हुँदा कोभिड भ्याक्सिनको आवश्यकता छ । ब्यबसायिको लागि तत्काल भ्याक्सिन लगाउन पहल गरिनेछ ।
कोरोना हड्तालको कारण लामो समय उद्योग तथा सटर बन्द गर्नुप¥यो । यो बीचमा बैंक वितीय संस्थाहरुबाट हुँदै आएको ताकेताको सन्दर्भमा सम्बन्धित बैंक तथा वितीय संस्थाहरुसँग आवश्यक समन्वय गरेर ब्यबसायिको लागि सहज गर्नुपर्दछ ।
सरकारले आव्हान गरे बमोजिम पथरीका ब्यबसायी नरहाङ राई लगायतका घरधनिहरुले सटरमा बस्ने ब्यापारीहरुलाई लकडाउनको बेला घरभाडा छुट गर्नुभयो । तर, आम रुपमा उद्योग वाणिज्य संघले ब्यबसायीको गुनासो सुनुवाइ भएन भन्ने सुनियो । यस्ता बिषयहरुमा घरधनि र ब्यबसायिवीच प्रभावकारी समन्वय गर्नेछु ।
बढ्दो कर घटाउन संघको पहुँच अनुसार पहल गर्नेछु । संघमा आबद्ध सदस्यको मृत्युहुँदा केही नगदसहित भेटमा जाने मै अध्यक्ष हुँदा परम्परा सुरु गरेको थिए । यस्तो कार्यक्रम अझ बढाइने छ ।
शरणार्थी मित्रहरु तेस्रो मुलुक पुनरबास लगायतको बिभिन्न कारण पथरी बजार खस्कँदो अवस्थामा छ । कोरोना घटेपछि पथरीमा मानिसको फ्लो बढाउन आवश्यक छ । यसको लागि नगरको हरियाली, शान्ति, मनकामना, पशुपति सामुदायिक वन, भुल्के लगायतमा पर्यटकीय क्षेत्रको विकासमा संघको तर्फबाट आवश्यक पहल लिनु पर्दछ ।

फुटबल लगायतको खेलकुदको माध्यमबाट पनि नगरलाई चिनाउन र ब्यबसाय बढाउन सकिन्छ । खेलकुद र खेलाडिको बिकासमा हामीले जोड दिनुपर्छ ।
नगरको बिभिन्न सहर बजारको साथै पथरीको पूर्ब र पश्चिमको जंगल(जय चौक, कानेपोखरी) स्थित मुख्य सडकमा सडक बत्ति आवश्यक छ । यसको लागि नगर, प्रदेश र केन्द्र सरकारसँ पहल गरेर बत्ति जडानमा लाग्नेछु । सिसी टिभी ब्यवस्थित गरिने छ । हाम्रो टिमले शान्ति, सुरक्षाकोलागि बिशेष पहल गर्नेछौ ।
टहरामा लाग्दै आएको बजार अर्कोठाउँ ब्यबस्थित नगरेसम्म विस्थापित हुन दिइने छैन । सेवा र सुरक्षाको लागि शव बाहन र दमकल आवश्यक छ । त्यो पनि पहल गर्नेछु ।

धनकुमार तामाङ (अध्यक्षका प्रत्यासी) उधोग वाणिज्य संघ पथरीशनिश्चरे, मोरङ

संघको निर्माणाधिन भवन बारे तपाईको धारणा के छ ?
—संघको भवन आम मनकारी ब्यबसायीहरुको सहयोग र सरकारको लगानीमा बन्दै गरेको सबैलाई जानकारी नै छ । त्यो ब्यक्तिभन्दा पनि संस्थालाई बिस्वास गरेर बजेट प्राप्त भएको हो । पहल गर्ने समितिलाई धन्यवाद दिनु पर्दछ । तर, त्यो कसैको ब्यक्तिगत प्रयासमा भएको होइन । निर्माणाधिन भवनलाई कम्प्लेट गर्ने कुरा सामान्य भइगयो । तर, भवन नै प्रमुख बिषय चाँही होइन । उद्योगी, ब्यबसायीहरुको भौतिक र ब्यबसायिक सुरक्षाको कुरा नै प्रमुख हो ।

अन्तमा केही छ ?
—कस्ले ब्यापारीको हितमा बोल्न सक्छ, समय दिन सक्छ उसैलाई भोट दिनुहोस । ब्यबसायिहरु सदस्यता नविकरण गरिदिएको र पैसा लगायतको प्रलोभनमा कोही पर्नुहुन्न । मैले मेरो फेसबुक पेज मार्फत पनि लाइभमा आएर धारणा सार्वजनिक गर्दै आएको छु । ब्यबसायिको हितमा सँधैभरी लाग्नेछु । जस्तो सुकै परिस्थितिमा पनि म पथरीशनिश्चरेका आम ब्यबसायिको साथमा हुनेछु । हामीसँग ओम लिम्बू, रविन राई, राजेन्द्र बस्नेत, खेमराज ढुङ्गेल, प्रेमप्रसाद सुवेदी, बिजयजंङ्ग बस्नेत लगायत सशक्त टिम रहेको हुँनाले यो साझा प्यानललाई नै अत्याधिक भोट दिएर बिजय गराउन अनुरोध गर्दै तपाईहरुको सल्लाह सुझाव अनुसार अघि बढ्नेछु ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes