चैनपुरमा प्रदेश १ स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने - Pahilo Online

चैनपुरमा प्रदेश १ स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने

writer

संखुवासभा । चैनपुर नगरपालिकाको आयोजनामा आगामी वैशाख ११ देखि प्रदेश १ स्तरीय तेस्रो चैनपुर मेयर गोल्डकप खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । चैनपुर नगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो। खेलकुदको माध्यमबाट आन्तरिक पर्यटन प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरिएको नगर प्रमुख भरतकुमार खत्रीले जानकारी दिए।

प्रतियोगिता वैशाख ११ देखि १८ गतेसम्म चैनपुर रंगशालामा हुनेछ। प्रतियोगिताका विजयी टिमले पाँच लाख ५५ हजार ५५५‚ उपविजेताले तीन लाख ३३ हजार ३३३ रुपैयाँ पाउने छन्। यस्तै‚ तृतीय र सान्त्वना टिमले समान एक लाख ११ हजार १११ रुपैयाँ पुरस्कार पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीले १५ हजार, सर्वाधिक गोलकर्ताले १० हजार, उत्कृष्ट गोलरक्षकले १० हजार र प्रत्येक खेलका म्यान अफ द म्याचले पाँच हजार रुपैयाँ पाउने छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes