जिल्ला स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता सम्पन्न - Pahilo Online

जिल्ला स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता सम्पन्न

writer

झापा । झापाको बिर्तामोडमा जारी दोस्रो लायन्स क्लब जिल्ला स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिताको फाईनलमा मेन्स डवलमा प्रनिशसिंह ठकुरी र दिपक घिमिरे काँकरभिट्टाको जोडीले जितेको छ । नवीन सिलवाल, चाणक्य पाठक विर्तामोडलाई २२–२०,९–२१ र २१–१९ को अंकमा हराउदै प्रनिशसिंह ठकुरी, दिपक घिमिरेको जोडिले जितेको हो । जीतसंगै विजेताले नगद २५ हजार नगद र ट्रफी हात पारेका छन् । उपविजेता नविन सिलवाल र चाणक्य पाठकले नगद २० हजार ट्रफिमा चित्त बुझाउनु परेको छ । यसैगरी तेस्रो हुने जोडिलाई नगद आठ हजार सहित ट्रफि प्रदान ग¥यो ।

यसतै ४५ प्लस डवलमा सञ्जय भक्तराज, गणेश कार्की बिर्तामोडको जोडीले श्रीप्रसाद धिमाल, विष्णु तामाङ्ग काँकरभिट्टाको जोडीलाई २१–७, २१–७ को सोजो सेटमा हराउदै फाईनल जितेका छन् । जितसंगै सञ्जय र गणेशको जोडीले नगद २० हजार तथा ट्रफि र उपविजेता धिमाल र तामाङ्गले नगद १५ हजार ट्रफी हात पारेका छन् भने तेस्रोलाई नगद पाँच हजार सहित ट्रफी प्रदान गरियो ।

लायन्स क्लव अफ अनारमनीको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित ‘झापा जिल्ला स्तरीय दोस्रो लायन्स खुल्ला व्याडमिटन प्रतियोगिता’ २३ गतेबाट सुरु भएको थियो । बिर्ता व्याडमिटन क्लवको कवर्ड हलमा भएको सो प्रतियोगितामा खुल्ला तर्फ ३० र भेट्रान तर्फ २३ टिम सहभागी थिए ।

लायन्स क्लव अफ अनारमनीका अध्यक्ष डा गौरीशंकर झाको अध्यक्षतामा भएको कार्यक्रमकाबीच बिजेता खेलाडीलाई पुरस्कार बितरण गरिएको थियो । प्रतियोगिता समापन समारोहमा लायन्स क्लव अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ ए वानका डिस्ट्रिक भर्गनर टंक वहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमली नेपाल व्याडमिन्टन संघका केन्द्रीय सदस्य विनोद वस्नेत, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतियोगिता सम्पन्न गर्न सहयोग पु¥याउने दातालाई सम्मान समेत गरिएको कार्यक्रममा दाताले खेल निरन्तरताको लागि शुभकामना दिदै आगामी आगामी वर्षका लागि समेत आफूहरुले पुरस्कारको स्पोन्सर गर्ने घोषणा गरेको लायन्स क्लव अफ अनारमनीका पूर्व अध्यक्ष शैलेन्द्र कुरुङ्वाङ्गले जानकारी दिए । कार्यक्रमको सञ्चालन रविन्द भट्टराईले गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes