सनम रोक्का । कानेपोखरी । आज शनिबार मोरङ कानेपोखरी ०४ स्थित पिनाकल बोर्डिङ स्कुल बयरवनमा सम्पन्न भएको रमाईलो जेसिसको तेश्रो साधारण सभा तथा शाखा अधिवेशबाट बर्ष २०२१ को अध्यक्ष पदमा भानु फुयल निर्वाचित भएका छन् ।
उनी सर्वसम्मत चयन भएका हुन । यसैगरी कार्यकारिणी उपाध्यक्षमा त्रिभुनाथ फुयल र सुनिल श्रेष्ठ चयन भए।पथरी जेसिजको मातृत्वमा सन २०१८ मा स्थापना भएको रमाईलो जेसिजको शाखाको उपाध्यक्षमा मनोज अधिकारी, राजु मगर, बिवेक चुँडाल र केशव भण्डारी सर्वसम्मत चयन भएका हुन् । त्यस्तै, सचिव पदमा होम बहादुर मगर चयन भएका छन् । कार्यक्रमा प्रमुख आतिथ्यता नेपाल जेसिज २०२० को राष्ट्रिय प्रकरण निर्देशक मनिष सुर्य मगरको रहेको थिए ।