पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको उपाधी टेन नवोदयलाई - Pahilo Online

पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको उपाधी टेन नवोदयलाई

writer

पथरी शनिश्चरे । पथरी शनिश्चरे फुटवल प्रिमियर लिगको उपाधी जित्दै टेन नवोदय फुटबल क्लबले ईतिहास रचेको छ । आज सम्पन्न फाईनल खेलमा द रियल ब्रदर्स फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै टेन नवोदय फुटबल क्लबले उपाधी कब्जा गरेको हो ।खेलको ५८ औँ मिनेटमा टेन नवोदयका रोशन माझीले गरेको गोल नै निर्णायक बन्न पुग्दा द रियल ब्रदर्स उपविजेता बन्न पुगेको छ ।प्रतियोगिताको बिजेता टेन नवोदयले उपाधीसँगै नगद १ लाख ७५ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता द रियल ब्रदर्सले ७५ हजार रुपैयाँ पाएको छ। फाइनल खेलको मेन अफ द म्याच द रियल ब्रदर्सका विशाल पाण्डे भएका छन ।

प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी टेन नवोदयका गोल रक्षक अर्जुन बस्नेत बन्दै १० हजार रुपैयाँ प्राप्त गरेका छन ।प्रतियोगिताको उत्कृष्ट गोलरक्षक समेत टेन नवोदयका अर्जुन बस्नेत नै घोषित भएका छन। उत्कृष्ट डिफेन्स द रियल ब्रदर्सका तिर्थराज बस्नेत, उत्कृष्ट मिडफिल्ड सिरिजंङ्गाका जहरमान लिम्बू, उत्कृष्ट फरवार्ड टेन नवोदयका रोशन माझी , उदयमान खेलाडी वाईजिएफटीका सञ्जय लिम्बु घोषित भएका छन। विधागत उपाधी विजेताहरुले जनहिँ ५ हजार रुपैयाँ प्राप्त गरेका छन ।प्रतियोगिताको फेयर प्लेको उपाधी देविगञ्ज फुटबल क्लबले पाएको छ भने उत्कृष्ट प्रशिक्षक विजेता टोलिका प्रशिक्षक साजन काङ्वा बनेका छन।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes