शुक्रबार १३५९ जनामा कोरोना संक्रमण पुष्टि,थप १४ को मृत्यु - Pahilo Online

शुक्रबार १३५९ जनामा कोरोना संक्रमण पुष्टि,थप १४ को मृत्यु

writer

काठमाडौं । नेपालमा शुक्रबार अहिलेसम्मकै धेरै १३५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको संक्रमण अहिलेसम्मकै उच्च हो । यसअघि बिहीबार एकैदिन १२२८ जना कोरोना संक्रमित थपिएका थिए ।यो सहित हालसम्म संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ सय ५४ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या २५५६१ पुगेको छ।पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंका ८२, ६७ र २२ वर्षीया महिला, चितवनका ३५ वर्षीया महिला, सप्तरीका ५५ वर्षीय २ पुरुष, धनुषाका ६५ वर्षीय पुरुष, कास्कीका ३१ वर्षीय पुरुष, नवलपरासीका ३७ वर्षीय पुरुष, प्यूठानका ५८ वर्षीय पुरुष, रुपन्देहीका ७८ वर्षीय पुरुष, पाल्पाका ६३ वर्षीय पुरुष र सुर्खेतका ४२ वर्षीय पुरुष छन् ।योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको मन्त्रालयले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes