समाजसेवि धर्मसिंहद्वारा स्कुललाई आर्थिक सहयोग - Pahilo Online

समाजसेवि धर्मसिंहद्वारा स्कुललाई आर्थिक सहयोग

writer

कानेपोखरी । कानेपोखरी गाउँपालिका –०६ निवासी हाल मलेशियामा कार्यरत धर्मसिंह श्रेष्ठले नगद रु. ५००० हजार आर्थिक सहयोग गरेका छन ।उज्ज्वल भविश्य बाल क्लब कानेपोखरी–०६ को मार्फतबाट सो रकम प्रदान भएको हो।क्लबकी अध्यक्ष स्मिता राईले पुर्वविद्यार्थी संगठनका अध्यक्ष खगेन्द्र बराईलीलाई सो रकम हस्तान्तरण गरेकी हुन।

क्लबका पुर्वसचिव मिलनकुमार विश्वकर्माले स्कुलको प्रंशसा गर्दै अघिल्लो सहयोगले प्रचारले थप आर्थिक संकलन भएको बताए।उनले स्कुललाई अझ सहयोगको आवश्यकता परेमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।कार्यक्रममा क्लब संरक्षक स्कुलको प्रगतिको तारिफ गर्दै पुर्वविद्यार्थीको सक्रियताको प्रशंसा गरे।बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष विवेक लिम्बुले सहयोगी मनहरुलाई धन्यवाद दिदै अगामी दिनहरुमा पनि साथ,सहयोग र समन्वयको आशापनि रहेको जानकारी दिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes