डाँस र मोरङ्गी खोलाको अनुगमन् - Pahilo Online

डाँस र मोरङ्गी खोलाको अनुगमन्

writer

पथरी शनिश्चरे । संघीय सरकारको दीर्घकालिन तटवन्ध कार्यक्रम अन्तर्गत कोशी तथा वक्राहा नदी व्यवस्थापन आयोजना विराटनगरले मोरङको पथरी शनिश्चरे, कानेपोखरी सहितका क्षेत्र हुँदै वग्ने डाँस खोलाको अनुगमन् भएको छ ।

पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राई, कार्यपालिका सदस्य मैनादेवी फूयँल आचार्य, नगरका इन्जिनियर कृष्णप्रसाद कोइराला सहित कोशी तथा वक्राहा नदी व्यवस्थापन आयोजना विराटनगरबाट डीभिजन इन्जिनियर सहभागि टोलीले नगर क्षेत्रमा डाँस खोलाको अवस्थाको अनुगमन् गरेको हो । आयोजनाको टोलीले यसअघि प्रदेश १ का सांसद लीलाबल्लभ अधिकारी, नगर प्रमुख राई सहितको टोलीले बक्राहा खोलाको पनि उसैगरी अनुगमन् गरेको थियो । सरकारले पथरी शनिश्चरे, उर्लावारी, मिक्लाजुङ, सुनवर्षी सहितका पालिका हुँदै वग्ने बक्राहा तथा डाँस खोलाको दीर्घकालिन तटवन्धको कार्यक्रम यस आर्थिक वर्षबाट सुरु गर्ने योजना तय गरेको छ ।
यसैगरी, कार्यपालिका सदस्य मैनादेवी फूयँल आचार्य, वडा सदस्य अनोज घिमिरे सहितको टोलीले आज मोरङ्गी खोलाको बाढीले क्षति पुर्याउन थालेको वडा नम्वर १० स्थित जिरिखिम्तीका २ स्थानमा अनुगमन् गरेको छ ।

मा प्रकाशित

1 thought on “डाँस र मोरङ्गी खोलाको अनुगमन्

  1. निर्माणकार्य नभएको अबस्थामा निर्माण हुनुपुर्व त्यहाको वस्तुस्थिति कस्तो छ भनेर जान्न खोजेको स्तिथिलाई अवलोकन चाहिँ भन्नुपर्ला।

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes