धनकुटामा राष्ट्रिय परिचयपत्र वितरण सुरु - Pahilo Online

धनकुटामा राष्ट्रिय परिचयपत्र वितरण सुरु

writer

धनकुटा । धनकुटामा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षको स्थापना गरी परिचयपत्र वितरण थालेको हो। प्रदेशसभा सदस्य इन्द्रमणि पराजुलीले प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीमार्फत बिहीबार जिल्ला प्रशासन कार्यालयमा परिचयपत्र दर्ता प्रक्रिया सुरु गरी उक्त कार्य शुभारम्भ गरे ।

नागरिकको सम्पूर्ण विवरण उपकरण र कम्प्युटरबाट प्रमाणित भएपछि पहिलो सेवाग्राहीको रुपमा धनकुटाको महालक्ष्मी निवासी प्रदेश सांसद पराजुलीको परिचयपत्रका लागि दर्ता सुरु गरिएको हो। गत वैशाखदेखि नै वितरण कार्य शुरु गर्ने लक्ष्य रहे पनि कोभिड–१९ को महामारी र बन्दाबन्दीका कारण रोकिएको थियो। हाललाई सदरमुकामबाटै परिचयपत्र वितरण गरिने प्रजिअ विमलीले जानकारी दिए।

सरकारले पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु गरेको थियो। आगामी दुई वर्षभित्र सबै नागरिकलाई परिचयपत्र वितरण गर्ने लक्ष्यअनुसार ७७ वटै जिल्लाबाट परिचयपत्र शुरु भएको जनाइएको छ। हस्तलिखित हस्ताक्षर, १० औँला, औँठा छाप, रेटिनालगायत व्यक्तिको वैयक्तिक र जैविक सूचनालाई आधारिकरुपमा संकलन गरी प्रत्येक नागरिकलाई एकअर्कासँग मेल नखाने गरी परिचय नम्बर प्रदान गरिने प्रजिअ विमलीले जानकारी दिए। यो आधुनिक प्रविधियुक्त परिचयपत्रले नागरिकलाई हरेक क्षेत्रमा सहज हुने प्रमुख उनले बताए।

परिचयपत्र प्राप्त गर्न नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा सो खुल्ने प्रमाण वा स्थानीय तहको सिफारिस, नागरिकता प्रमाणपत्रमा उल्लेख भएको ठेगानाभन्दा फरक ठेगाना भएमा बसाइँसराइको प्रमाणपत्र, नागरिकता प्रमाणपत्रमा पतिपत्नीको नाम नखुलेमा विवाददर्ता प्रमाणपत्र, नागरिकतामा अंग्रेजीमा नाम नखुलेको भए अंग्रेजीमा नाम खुल्ने प्रमाणपत्र पेश गर्नुपर्ने बताइएको छ।

मा प्रकाशित

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes