कानेपोखरीमा एक पुरुषमा कोरोना संक्रमण - Pahilo Online

कानेपोखरीमा एक पुरुषमा कोरोना संक्रमण

writer

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमणको पृष्टी भएको छ । कानेपोखरी गाउँपालिकाले जनसेवा माविको क्वारेन्टीनमा बसेका एक पुरुषमा रिपोर्ट पोजेटिभ देखिएको हो । १४ जनाको आइतबार पिसिआर टेष्ट गरेका मध्येबाट एकजना पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको हो ।

वडा नं. ५ का १८ बर्षिय पुरुष ७ दिन अघि काठ्माडौबाट बसमा जनसेवाको क्वारेन्टाइमा आएका थिए । उनि बैदेशीक रोजगार मलेशियाबाट काठ्माडौं हुर्दै कानेपोखरी आएका क्वारेन्टाइनका व्यवस्थापन समितिका अध्यक्ष खड्ग बस्नेतले बताए ।

कोरोना संक्रमित पुरुषसँग एकै कोठामा बसेका २ जना थप चेकजाँचका लागी क्वारेन्टीनमै राखिने र संक्रमित व्यक्ति आजै गोठगाउँको आइसोलेसनमा लाने तयारी गरेको स्वास्थ संयोजक रोहिन्द्र राज भण्डारीले बताए । बाँकी ११ जना आजै घर फर्किएका छन् ।

मा प्रकाशित

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles