काठमाडौं । शनिबार नेपालमा कोरोना भाइरसको संक्रमण भएका ३ सय ३१ केस पहिचान भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ७ हजार ४ सय १६ जनाको पिसिआर परीक्षण गर्दा ३३१ जनाको पोजेटिभ नतिजा आएको हो ।शनिबार डोटीमा ६१, नवलपरासी पूर्वमा ३२, महोत्तरीमा २४, तनहुँमा २३, बागलुङमा २०, बैतडीमा १८, गुल्मीमा १८, पाल्पामा १८, डडेलधुरामा १२, झापामा १, सुनसरीमा २ र मोरङमा ८ जना संक्रमित भेटिएका हुन् । यस्तै सर्लाही ९ बारा ४, कैलाली १, काठमाडौं १, नवलपरासी पश्चिम १, रामेछाप ३, रौतहट २, रुपन्देही १, धादिङ ८, भक्तपुर ७, स्याङ्जा १, रौतहट ५, कैलाली २, बाँके १४, बर्दिया ७, रुकुम पश्चमि १, दाङ ४ र प्यूठान ८ छन् ।
थपिएका संक्रमित ४९ जना महिला र २ सय ८२ जना पुरूष छन् । योसँगै शनिबारसम्म संक्रमित हुनेको संख्या ८ हजार ६ सय ५ पुगेको छ। जसमध्ये महिला ७ सय ५६ जना छन् भने पुरूष ७ हजार ८ सय ४९ जना रहेको मन्त्रालयले जनाएको छ ।अहिलेसम्म नेपालका ७४ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन्। कोरोना निको भएर शनिबार १ सय ७६ जनासहित अहिलेसम्म १५७८ जना डिस्चार्ज भएका छन् । कोरोनाबाट अहिलेसम्म २२ जनाको मृत्यु भएको छ।



