शनिबार ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३२३५ पुग्यो - Pahilo Online

शनिबार ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३२३५ पुग्यो

writer

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या तीन हजार दुई सय नाघेको छ ।शनिबार थप ३ सय २३ जनामा कोरोनाबाट संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयलले शनिबारको पत्रकार सम्मलेनमा पछिल्लो २४ घण्टायता थप ३ सय २३ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता विकास देवकाटोले देशका विभिन्न स्थानहरूमा संक्रमितहरू भेटिएको जानकारी दिए ।संक्रमित हुनेमा मोरङका ६, सुनसरीका ५, सप्तरीका ८, नवलपरासीका ३, बाँकेका १२, बर्दियाका २८, कास्कीका ३, स्याङ्जाका १०, बागलुङका १, बझाङका ६, कञ्चनपुरका २, अछामका १, कैलालीका २, डडेलधुराका १, दैलेखका ४७, डोल्पाका १ जना छन् ।

त्यसैगरी सुर्खेतका १०, जाजरकोटका ४, सल्यानका ३८, अर्खाखाँचीका १, नवलपरासीका २, रुपन्देहीका ३, भक्तपुरका १, धनुषाका ८, कपिलवस्तुका ३९, काठमाडौंका ४, महोत्तरीका ३५, रौटहटका ६ र सर्लाहीका २७ जनामा संक्रमण पुष्टि भएको छ ।यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । जसमध्ये ३ सय ६५ जना कोरोना जितेर घर फर्किसकेका छन् ।नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या भने १३ पुगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes