नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुग्यो - Pahilo Online

नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुग्यो

writer

काठमाडौं । पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यससँगै नेपालमा कुल संक्रमितको संख्या १४०४ पुगेको छ ।

उनीहरु मध्ये ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएका छन् ।
मन्त्रालयकाअनुसार पछिल्लो पटक थपिएका थपिएका संक्रमित मध्ये १०९ जना कपिलवस्तुका छन् ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १६ देखि ६० वर्षका उमेरका छन् ।यस्तै प्रादेशिक प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तु, यहोधराका २९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमितहरु १५ देखि ५० वर्ष उमेरका छन् । कपिलवस्तुकै विजयनगरका ३ जनामा पनि कोरोना संक्रमण देखिएको छ । उनीहरु २६ देखि ५२ वर्षका छन् ।सर्लाहीका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १६ देखि ४० वर्षका छन् । सिराहाका ११ र सप्तरीका ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।धनुषाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २० देखि ४२ वर्षका छन् । रौतहटका ६ र महात्तरीका ४ जनामा पनि संक्रमण पुष्टि भएको छ । यस्तै पर्सा पसौनीका १८ वर्षीय पुरुष र ६० वर्षीया महिला तथा बारा हर्दियाका २४ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।दैलेखमा १४ कोरोना संक्रमित थपिएका छन् । उनीहरु १७ देखि ५० वर्ष उमेरका छन् ।दाङका ५ जनामा संक्रमण पुष्टि भएको छ । बगलाचुलीका २७ देखि ३८ वर्षका ४ जना र हापुरेका ३० वर्षीय पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

संखुवासभामा दुई जना संक्रमित भेटिएका छन् । खाँदबारीका २३ वर्षीय पुरुष र पाँचखपनका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै झापाका ४५ वर्षीय पुरुष र ललिपतुरकी २३ वर्षीय महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes