कानेपोखरी दलित संर्घष समितीद्वारा रुकुम हत्याकाण्ड विरुद्ध प्रदर्शन - Pahilo Online

कानेपोखरी दलित संर्घष समितीद्वारा रुकुम हत्याकाण्ड विरुद्ध प्रदर्शन

writer

कानेपोखरी / रुकुम पश्चिमको चौरजहारीमा घटेको हत्या प्रकरण प्रती कानेपोखरी दलित संर्घष समितीले विरोध र्याली निकाली खेद प्रकटगर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै कानेपोखरी दलित संर्घष समितिले रुकुममा सामुहिक आक्रमणबाट मृत्यु भएकोहरुलाई न्याय र दोषिलाई कडाकारबाहीको माग गर्दै घोर विरोध प्रर्दशन गरेको हो। विभिन्न संघ संस्थाका प्रतिनिधि ,दलित अगुवाहरु,आदिवासी,जनजातीलगायतको अगुवाईमा रमाईलोमा लकडाउन छिचोल्दै दोषीलाई फाँसी दे,बोली होइन व्यवहार परिवर्तन गर,जातिय विभेद कहिलेसम्म,जातिय विभेद अन्त्य गर लगायतका प्लेकार्ड प्रस्तुत गरि प्रदर्शन गरिएको हो।जुलुशमा सहभागीहरुले जातिय विभेदका आधारमा जघन्य अपराध भएको भन्दै संलग्न सबैलाई हदै सम्मको कारवाहीको माग गरे। जुलुशपछि रमाइलो चोकमा भएको कोण सभामा संर्घष समितिका संयोजक सरोज दर्नाल,दुर्गा नेपालीलगायतले बोलेका थिए।उनीहरुले कानुनीरुपमा दण्डनीय र मानवीयरुपमा कलंकित जातिय विभेद गरि दलित युवाहरुको सामूहिक हत्या हुँदा पनि छानविन प्रकृया सुस्त भएको भन्दै आक्रोश पोखे।उनिहरुले ती युवाहरु आफै नदिमा हाम नफाली गाउँले मारेर फालेको दाबी गरे।यो घटना हुनुमा प्रेम सहायक मात्रै रहेको जातिय विभेदकै कारण हत्याभएको आरोप लगाए।देशमा जातिय परिवर्तनको लागि राजनितिक क्रान्ति सफल भए पनि व्यावहारिक क्रान्ति जिउको तिउ भएको नेपालीले बताईन।

सरोज दर्नालको सयोजकत्वमा नवराज विश्वकर्मा हत्याविरुद्ध संघर्ष समिति गठन गरि आन्दोलनमा उत्रिएका हुन्। जुलुश र कोणसभापछि प्रदर्शनका अगुवाहरुले कानेपोखरी गाउँपालिका कार्यालय रमाईलोमा पुगेर पालिका अध्यक्ष ताराबहादुर काफ्लेमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन्। समितिले ५ सुत्रीय माग अघि सार्दै संसदीय छानविन समिति गठन, पीडित परिवारलाई न्याय र राहत, भयमुक्त समाजको निर्माण तथा छुवाछुतमुक्त राष्ट्र घोषणाको कार्यान्वयन गर्न माग गरेको छ ।माग पूरा नभए थप आन्दोलन गरिने दर्नाल चेतावनी दिए। घटनाका बिषयमा हाल देशव्यापी व्यापक आलोचना भइरहेको छ।घटनामा सहभागी हुन आएका १९ मध्ये ६ जना बेपत्ता बनेका थिए।हालसम्म ५ जनाको शव फेला परेको छ भने १ जना अझै बेपत्ता रहेका छन।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes