पथरी शनिश्चरेको होल्डिङ एरियामा ४ जना भारतबाट फर्किएका स्थानीय - Pahilo Online

पथरी शनिश्चरेको होल्डिङ एरियामा ४ जना भारतबाट फर्किएका स्थानीय

writer

पथरी शनिश्चरे । भारत लगायतका देशबाट घर फर्किनेहरुबाट कोरोना भाइरसको जोखिम बढ्न नदिन र घर फर्किनेहरुलाई पनि सुरक्षित बनाउन मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले खडा गरेको ‘होल्डिङ एरिया’ मा आज ४ जनालाई राखिएको छ । नगर कार्यपािलकाको निर्णय अनुरुप नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको व्यवस्थापनमा पथरी बहुमुखी क्याम्पसमा स्थापना गरिएको ‘होल्डिङ एरिया’ मा भारतबाट आएका नगरवासीलाई राखिएको नगर प्रमुख दिलीपकुमार राईले जनाए ।

उपचारका लागि सिलिगुडीस्थित बाघडोग्रा गएका पथरी शनिश्चरे १ का २ जना र रोजगारीका लागि कालेङपोङ गएका २ जना गरी ४ जना पुरुषलाई प्रारम्भिक रुपमा त्यहाँ राखिएको हो । भारत लगायतका देशबाट नेपाल फर्किएकाहरुका लागि कोरोना संक्रमणबाट जोगाउने योजनामा खाना र सुरक्षित बसोबासको प्रवन्ध गर्दै हाललाई होल्डि एरियामा १५ वटा बेड राखिएको छ । त्यसरी घर आउनेहरुलाई क्वारेन्टाइनमा जानु अघि सुरक्षित रुपमा छुट्टै राख्न सरकारको योजना अनुरुप नगरपालिकाले पनि ‘होल्डिङ एरिया’ खडा गरको हो । ‘होल्डिङ एरिया’ बाट क्वारेन्टाइनमा पठाएर आवश्यक अनुरुपको स्वास्थ्य चेकजाँच गराइन्छ ।

कोरोना संक्रमण बढ्न सक्ने कुरालाई ध्यान दिएर नगरले जेठ ७ देखि १० गतेसम्मका लागि औषधि पसल बाहेकका सम्पूर्ण पसल वन्द गराएको छ । नगरले प्रहरी र प्रहरीको साथी म मार्फत आफ्नो नगरको सिमा क्षेत्रमा आवत जावतमा कडाई गर्दै लकडाउनलाई थप कडा बनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes